शान्ति र संविधानका लागि नेपाल बौद्ध धर्म सङ्घले शान्ति सम्मेलन गर्ने भएको छ । सम्मेलनमा चैत ३ गते विभिन्न सम्प्रदायका बौद्ध गुरुहरुको सहभागितामा रहने भएको छ ।
सम्मेलनबारे जानकारी फागन २२ गते राजधानीमा आयोजित पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार निर्धारित समयमै शान्ति प्रकि्रया र संविधान निर्माण कार्य पूरा गर्नका लागि सम्पूर्ण राजनीतिक दललाई दबाब दिने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समेत सम्मेलनमा आमन्त्रण गरेर अध्यात्मिक प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सङ्घले निर्धारित समयभित्र संविधान जारी गरी मुलुकमा राजनीतिक स्थिरता कायम गर्न दवाव मुलक भूमिका खेल्न पनि विभिन्न सङ्घसस्थालाई आग्रह गरेको छ ।
