वाहुन समाज नेपालले आयोजना गरेको पूर्वान्चल बन्दले पूर्वी नेपालको जनजीवन अस्त व्यस्त बनेको छ । वाहुनहरुलाई आदिवासीमा सूचीकरण गर्नुपर्ने लगायतका माग राखेर फागुन १९ गते आयोजना गरिएको बन्दका कारण लाखौं विद्यार्थीको पढ्ने अधिकार खोएिको छ भने विरामीहरुले उपचार समेत गर्न पाएनन् ।
आदिवासी र दलित आरक्षण दिन नहुने माग सहित गरिएकॊ पूर्वान्चल बन्दका कारण स्थानीय बजार र कलकारखाना ठप्प रहे भने छोटो दूरीका सार्वजनिक सवारीसाधन पनि चलेनन् ।
समाजका कार्यकर्ताहरु बाँसका भाटा बोकी यातायातका साधन तथा पसल बन्द गराउँदै हिँडेका थिए । तर प्रहरीले भने कसैलाई कारवाही गरेन । राई लिम्बु संठगनलाई भने बन्द गर्यो कि सार्वजनिक मुद्दा लगाइ हाल्ने गरेको छ ।
