शिक्षामन्त्री शर्मालाई दलित सभासदको प्रश्न

Read Time:2 Minute, 18 Second

देशका विभिन्न भागमा दलित समुदायका विद्यार्थीमाथि जातीय विभेद कायम रहेको विषयमा दलित सभासदहरुले शिक्षामन्त्री दीनानाथ शर्मासँग स्पष्टीकरण लिएका छन् । व्यवस्थापिका-संसदको महिला बालबालिका तथा समाजकल्याण समितिअन्तर्गतको जातीय भेदभाव तथा छुवाछुत समस्या र समाधानका उपायसम्बन्धी अध्ययन उपसमितिले फागुन १७ गते मन्त्री शर्मासँग जातीय विभेद अन्त्यको विषयमा विभिन्न प्रश्न गरेको हो ।
 
शिक्षामन्त्री शर्माले भने दलित समुदायका बालबालिकालाई कुनै पनि विद्यालयमा विभेदपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिने र त्यसो भएमा कडा कारबाही थाल्ने आश्वासन दिएका छन् । उपसमितिका संयोजक विनोद पहाडीको अध्यक्षतामा बसेको बैठकमा शर्माले शिक्षालाई सबै समुदायसम्म पुर् याउन विभेदरहित वातावरणमा अध्ययन गर्ने वातावरण बनाइनेमा दाबी गरे ।

मन्त्री शर्माले सरकारले व्यवस्था गरेको जातीय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन २०६८ लाई सबै विद्यालयमा पुर् याइने र दलित बालबालिकालाई विभेदरहित वातावरणमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न गराउन निर्देशन दिइसकेको दाबी समेत गरका छन्  ।

सोही अवसरमा शिक्षा राज्यमन्त्री लीला भण्डारीले विगतमा विद्यालयको शैक्षिक पाठ्यपुस्तकमा रहेका विभेदजन्य सामग्रीको अन्त्य गरी सबै समुदायको सम्मान हुने गरी पाठ्यसामग्री निर्माणका लागि सरोकारवालासँगको सल्लाहमा सुधार गरिसकेको र आगामी दिनमा कुनैपनि शैक्षिक संस्थामा विभेदका घटना नहुने धारणा राखिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %