निर्दोष जनजाति महिला हत्याका अभियुक्त सार्वजनिक

Read Time:1 Minute, 2 Second

बोक्सीको आरोप लगाएर जनजाति महिलाको हत्या गर्ने नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनको माडीस्थित बघौडा गाविस-२ की ४० वर्षीया ढेगनी महतोको जिउँदै जलाएर हत्या गर्ने अभियुक्तहरुलाई फागुन १६ गते जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको हो ।

हत्याको अभियोगमा स्थानीय ५० वर्षीय विक्रम महतो, महतोको श्रीमती वर्ष ४८ की बिक्रमिया महतो, छोरीहरु २५ वर्षी्रया लक्ष्मी महतो, २० वर्षीया साजु महतो, १८ वर्षीया कृष्णकुमारी महतो, २३ वर्षीया मजु महतो, मजुका पति २६ वर्षका विक्रम महतो र ३८ वर्षीया लक्ष्मी महतोलाई प्रहरीले सार्वजनिक गरेको हो । फागुन ५ गते ढेगनीदेवीलाई जलाएर मारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %