मगर भाषामा लेखिएको ‘मगर ढुटाङ्’ (कुराकानी किताव)को बुटवलमा एक कार्यक्रमका वीच विमोचन गरिएको छ । विष्णुकुमार सिँजालीारा लिखित कितावको नेपाल मगर संघका केन्द्रीय सदस्य मिना थापा मगरले विमोचन गरेका हुन ।
पुस्तक विमोचन गर्दै केन्द्रीय सदस्य मिना थापाले यो किताव मगर भाषा नजान्नेलाई उपयोगि हुने र मगर जातीको भाषालाई संरक्षण र सम्वद्र्धनको लागि मगर ढुटाङ् कुराकानी कितावले सहयोग पुग्ने बताइन । नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्रका उपाध्यक्ष हरिदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघका पूर्व केन्द्रीय सदस्य केशव सूर्यवंशी मगर, बौद्ध सेवा समाजका मनबहादुर थापा, नेपाल मगर युवा संघका जिल्ला अध्यक्ष पहल सिँ राना, नेपाल मगर संघका जिल्ला सदस्य छत्र दलार्मी, भिमबहादुर राना लगायतले आफनो जातीय भाषालाई बचाई राख्नु पर्ने उल्लेख गरे ।
लेखक विष्णुकुमार सिँजालीले लेख्नु भएको उक्त किताव मगर अध्ययन केन्द्र काठमाडौ हरिदेव थापा डव गर्वुजा लगायतले आआफ्ना धारणा राखेका थिए ।
गोविन्द घर्ति, बुटवल
