राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदको प्रथम अधिवेशन यहि फागुन २७ र २८ गते हुने भएको छ । अधिवेशन सुनसरीको धरानमा आयोजना गरिएको सो पार्टीका संघीय परिषद उपाध्यक्ष केपी पालुङ्वाले जानकारी दिएका छन् ।
मूल तयारी समितिको संयोजक समेत रहेका पालुङ्वाले अधिवेशन सफल पार्न विभिन्न तयारी समिति गठन गरिएको समेत बताए । आर्थिक उपसमितिको संयोजक संघीय परिषद सदस्य चन्द्र खापुङ मन्च व्यवस्थापनमा परिषदका सुनसरी अध्यक्ष सुधीर लिम्बु र तथा दीपेन्द्रकुमार राई प्रचार प्रसार संयोजक रहेका छन् ।
मुल तयारी समितिमा जनमुक्तिद्वारा प्रस्तावित लिम्बुवान राज्य भित्रका पार्टी पदाधिकारीहरु, सदस्यहरु, जिल्ला इन्चार्यहरु, जिल्ला अध्यक्ष तथा सचिवहरु सदस्य रहेका छन् ।
