नेपाल मगर संघ देवदह गाउँ समितिको आयोजनामा रुपन्देहीको देवदह-९ चरङ्गेमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । शिविर ३० औ मगर दिवसको अवसरमा फागुन १३ गते लुम्बिनी रणअम्विका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोग सम्पन्न भएको हो ।
देवदह-९ चरङ्गेस्थित सिता माविमा संचालन भएको निशुल्क आखा शिविरमा स्थानीयवासी तथा चरङ्गे आसपासका २ सय १७ जना स्थानीवासीहरुले आ-आफनो आँखा चेकचाज गरेको नेपाल मगर संघ चरङ्गे ईकाई समितिका सचिव लेखनाथ थापाले बताए । आँखा चेकजाजको क्रममा ७ जनालाई मोतियाविन्दु फेला परेको र उनीहरुलाई अप्ररेसनको लागि रणआखा अस्पताल भैरहवा लगेको आयोजकले जनाएको छ । रण अम्विका शाह आखा अस्पताल भैरहवाका डा।अमृत गिरीको नेतृत्वमा आएको टोलीले आखा चेकजाज गरेका थिए ।
संघका केन्द्रिय नेताहरु राजनीतिक खिचातानीमा अल्मलिइरहेको अवस्थामा गाउँ समितिको उदाहरणीय कार्यको सबैले प्रशंसा गरेका थिए ।
गोविन्द घर्ति, देवदह
