वाहुन क्षेत्रीलाई जाने ठाउँ देखाई देऊ-ओली

Read Time:3 Minute, 18 Second

नेकपा एमालेका नेस्रोत वरियताका नेता केपी शर्मा ओलीले वाहुन क्षेत्रीलाई लखेट्छु भन्नेहरुलाई उनीहरु कहाँका हुन जाने ठाउँ देखाउनु पर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले काठामार्डौमा आयोजना गरेको राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रमा बोल्दै नेता ओलीले, ‘वाहुन क्षेत्रीलाई जाने ठाउँ देखाउन आग्रह गरेका हुन । कार्यक्रममा उनले भने क्षेत्री वाहुन यहाँका होइनन् भने कहाँका हुन जाने ठाउँ देखाईदिनुपर् यो ।’

 
जातीय आधारमा प्रदेश निमार्ण गर्नुलाई कविलातन्त्रमा फर्कने प्रयास भएको ओलीको भनाई थियो । उनले २००७ देखि २०६३ सम्मको कुनै पनि आन्दोलनमा संघीयताबाट आदिवासी जनजाति दलित मधेशी महिलालाई अधिकार दिनुपर्ने माग नभएको धारणा राखे । जनजाति, दलित, मधेशी मुस्लिमलाई अधिकार दिनुपर्ने शब्दप्रति नै वितृष्ण राख्दै आएका ओलीले भने, ‘संघीयता अचानक केहीको हाहाहोहोमा त्यत्तिकै आएको हो ।’
स्मरणरहोस् लोकतन्त्र प्राप्तीपछि बनेको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहेका ओली ज्ञानेन्द्रको शासनकाल भर निरंकुशताको विरोधमा आन्दोलन गर्न नहुने पक्षमा खुलेरै लागेका थिए । एमाले आन्दोलनमा भएको बेलामा समेत ओलीले ज्ञानेन्द्रको बचाउ गर्दै हिँड्थे ।

अहिलेसम्म राज्यपुर्नसंरचनाको खाका बुझाउन नसकेको पार्टी एमालेका अध्यक्ष झलनाथ खनालले आदिवासी र जनजाति भनेर त्यसको आधारमा राज्य बनाउने कुरा ठीक नहुने बताए । आदिवासी जनजाति दलित मधेशी र मुस्लिमलाई अधिकार दिँदा सार्वभौमसत्ता नै विभाजन हुन सक्ने उनको भनाई थियो । अन्तरिम संविधानमा संघीयतामा जाने भनेर उल्लेख गरेकै कारणले संघीयतामा जानु पर्ने भएपनि राज्य पिछड्याइएका समुदायलाई अधिकार सम्पन्न हुने गरी पहिचानको अधिकारमा प्रदेश कुनै हालतमा निर्माण गर्न नहुने अध्यक्ष खनालको भनाई छ ।

एमालेकै भीमबहादुर रावलले जनजाति र दलितलाई अधिकार दिँदा मलुक विखण्डनमातर्फ जान सक्ने औंल्याए । प्रदेश निर्माण गर्दा पहिचानलाई भन्दा आर्थिक सम्भ्याब्तालाई जोड दिनुपर्ने रावलको राय छ । एमालेका जनजाति नेताहरु परशुराम मेघी गुरुङ्ग, शेरबहादुर तामाङ र गणेशमान गुरुङ्गले पनि जातीय संघीयताको विरोध गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %