सबै दलका नेवारहरु नेवा: प्रदेशको पक्षमा

Read Time:2 Minute, 4 Second

विभिन्न दलमा प्रतिनिधित्व गर्ने नेवार नेताहरुले नेवाः स्वायक्त राज्यको विकल्प नभएको बताएका छन् । नेवारहरुको जातीय संस्था नेवाः देय् दबुले फागुन १० गते राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन । एनेकपा माओवादी नेतृ हिसिला यमीले आफ्नो पार्टीले सुरुदेखि काठमाडौँ उपत्यकामा नेवाः राज्यका लागि लडिरहेकाले आफूहरुलाई नेवाः राज्यबाहेक अरु कुनै राज्य स्वीकार्य नहुने बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका तीर्थराम डङ्गोलले नेवाः राज्य सुनिश्चित नभए अरु कुनै राज्य सुनिश्चित नहुने भएकाले सम्पूर्ण आदिवासीसँग सहकार्यको भूमिका औँल्याउँदै आफूहरुले संविधानसभामा त्यहीअनुसारको भूमिका खेल्ने आश्वासन दिए । राज्य पुर्नसंरचना सुझाव उच्चस्तरीय आयोगका सदस्य समेत रहेका मल्ल के सुन्दरले नेवाः राज्य सुनिश्चितताका लागि संविधानसभामा नेवाः सांसदहरु एकमत हुनुपर्नेमा जोड दिए । पहिचान र सामथ्र्यको आधारमा नै सङ्घीय प्रदेश हुनुपर्ने उनको जोड थियो ।

नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्यक्रममा सभासद् डा. मङ्गलसिद्धि मानन्धर, राजकाजी महर्जन, ध्यानगोविन्द रिजत, भिक्ष् आनन्द, रामकृष्ण चित्रकार, शिला कतिलालगायतले नेवाः स्वायत्त प्रदेशका लागि एकताबद्ध हुनुपर्नेमा नै जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %