सरोकारवालाहरुले मातृभाषामा प्रारम्भिक शिक्षा दिलाउनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । राजधानीमा फागुन १० गते आयोजित कार्यक्रममा बोल्दै सभासद गोपाल ठाकुरले वंशानुगत अभ्यासबाटै बहुभाषिक प्रयोग हुँदै आएकाले मातृभाषामा पठन÷पठन गराउँदा ज्ञान र सीपको विकास गर्न सकिने धारणा राखे ।
शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले भाषिक रुपमा विचलन आएको उल्लेख गर्दै विद्यालयस्तरमा विविध भाषालाई अभ्यास गराउनु पर्ने बताए । उनले स्थानीय भाषाका शिक्षक तयार गराउन चुनौती भएको उल्लेख गरे ।
शिक्षा पत्रकार समूहका महासचिव सुदर्शन सिग्देलले सरकारको विद्यालय क्षेत्र सुधार आयोजनाले सन् २०१५ सम्ममा सात हजार ५०० विद्यालयमा बहुभाषा शिक्षा लागु गर्ने बताए पनि हाल ५० विद्यालयमा पनि त्यसको कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरे ।
