तमु विद्यार्थीका नयाँ नेताहरु

Read Time:2 Minute, 10 Second

नेपाल तमु विद्यार्थी छोँज धीँको सातौ राष्ट्रिय सम्मेलनले दुधप्रसाद घलेको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । घलेले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्द्धी भिमराज गुरुङ्गले १४३ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा चित्रबहादुर तमु, उपाध्यक्षमा सिता तमु, महासचिवमा लालबहादुर तमु, सचिवमा लोकबहादुर तमु, कोषाध्यक्षमा दुर्गा तमु, संगठन सचिवमा केवी तमु, प्रचार सचिवमा धनु तमु, शैशिक तथा अतिरिक्तमा ओम तमु, महिला विभाग प्रमुखमा तोविला तमु, भाषा तथा संस्कृति प्रमुखमा शिला तमु, प्रशिक्षण विभाग प्रमुखमा कृष्ण तमु, अनुशासन विभाग प्रमुखमा कृष्ण तमु चयन भएका छन् ।
 
वसन्त तमु, राजेश तमु, रिम तमु, विष्णुमाया तमु, सिमा तमु, सुशिल तमु, एकबहादुर तमु, अनिल तमु, टेकेन्द्र तमु, रुपा तमु, शिवकला तमु, खड्क तमु, सोनी तमु, रोशन तमु, नर बहादुर तमु, राम तमु, विवश तमु र मृगेन्द्र तमु केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष दुधप्रसाद घलेले मुलुकमा संविधान निर्माणको क्रमका रहेकोले तमु जातीको आफनो हक अधिकार र पहिचानका लागि तमु विद्यार्थी लाग्ने वचन बद्धता व्यक्त गरे । राष्ट्रिय सम्मेलन फागनु ६ गते देखि रुपन्देहीको बुटवलमा शुरु भएको थियो । सम्मेलनमा विभिन्न जिल्लाका गरी ३०० सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको धनु तमुले बताए ।  

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %