८० बर्षमा नागरिकता लिँदै चेपाङ

Read Time:2 Minute, 25 Second

अशिक्षा, गरिबीका कारण नागरिकता नभएर राज्यको सेवा सुविधाबाट समेत बञ्चित चेपाङ समुदायका जेष्ठ नागरिकले नागरिकता पाउने भएका छन् । चेपाङ संघको पहलमा चेपाङ समुदायमा लगत तथा अभिलेख सङकलन अभियान सचालन भएपछि उनीहरुले नेपाली नगारिकता पाउने भएका हुन् । चेपाङ समुदायमा सुरु गरिएको दर्ता अभिलेख अभियान अन्तर्गत नागकिरता उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन जिल्ला विकास समिति र नेपाल चेपाङ संघका प्रतिनिधिहरु सम्मिलित कार्यालयका कर्मचारीद्धारा चेपाङको घर घरमा पुगेरै अभिलेख संङकलन गरिएको थियो । अभिलेख भर्नेमा २२ बर्षदेखि ८० बर्ष उमेरका वृद्ध व्यक्ति समेत छन् ।

गरिबीका कारण नागरिकता बनाउन सदरमुकाम जने-आउने खर्च नभएर नागरिकता बनाउन नसकेका कारण राज्यले दिने बृद्ध भता लगायत अरु सुविधाबाट समेत बिाचत भएका जेष्ठ नागरिक चेपाङलाई समेट्न यस्तो अभियान सचालन गरिएको चेपाङ संघका अध्यक्ष तिलक चेपाङले बताए । अभियानको क्रममा उनीहरुको व्यक्तिगत घटना जन्म मृत्यु बिवाह दर्ता समेत गराइनुका साथै नागकिता प्रमाण पत्रको फारम समेत भराइएको थियो ।  चार सय चेपाङहरुले नागरिकताको प्रमाण पत्रका लागि फारम भरेको अध्यक्ष तिलक चेपाङले बताए । अभियानको क्रममा नेपाली नागरिकताका लागि भरिएका फारमहरु एकमुष्ट रुपमा जिल्ला प्रशासन कार्यालयमा ल्याई अभिलेखिकरण गराइ उनीहरुलाई घर घरमै पुगेर नागरिकता प्रदान गरिने छ । फारम भरेका व्यक्तिले फागुनको अन्तिमसम्ममा घरमै नागरिकताको प्रमाण पत्र पाउने चेपाङ संघले जनाएको छ । धादिङ जिल्लाका चार गाविसमा १६ हजार चेपाङ समुदायको बसोवास छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %