धर्मनिरपेक्ष विरुद्ध संगठित हुदै छन्

Read Time:9 Minute, 27 Second

संविधानमै नेपाल धर्म निरपेक्ष राज्य उल्लेख भए पछि हिन्दु धर्मालम्बीहरु विस्तारै एकत्रित साथै संगठित हुन थालेका छन् । त्यसको पछिल्लो प्रमाणहरु देशका धार्मिक पर्व र उत्सवहरुमा हिन्दुहरुको बढ्दो सहभागिताले पुष्टि गर्दछ । हिन्दु धर्मालम्बीहरुको चार्ड पर्व र उत्सवमा पहिले भन्दा उल्लेख्य सहभागिता हुनु हिन्दुधर्मालम्बीहरु एकत्रित र संगठित बनेको रुपमा लिन सकिने धार्मिक नेताहरु पनि स्वीकारछन् । हिन्दु धर्मालम्बीहरुको आराध्य देवता पशुपतिनाथमा शिवरात्रीका दिन हरेक बर्ष भन्दा यस बर्ष लाखौ हिन्दुहरु ओइरिए । पशुपति विकास कोषका अनुसार यस वर्षको शिवरात्रीमा मात्र ७ लाख दशनार्थीले पशुपतिनाथको पूजाआजा गरे ।  पशुपतिनाथ मन्दिर भारत र नेपालका साथै विश्व भरका हिन्दुहरुको आराध्य देवस्थल हो । नेपालका राष्ट्रपति र उपराष्ट्रपति देखि सर्वसाधारण र भारतबाट आएका साधुसन्तहरुको पनि शिवरात्री पर्वमा पशुपतिनाथको दर्शन गरे । दशनार्थीको लामो लाइन पशुपति मन्दिर देखि करीव चार किलो मिटर टाढासम्म देखिन्थ्यो ।  पशुपति विकास कोषका कोषाध्यक्ष नरोदम बैद्य यस बर्ष उल्लेख्य रुपमा दर्शनार्थी बढेको बताए । दर्शनार्थी बढ्नुमा नेपाल धर्मनिरपेक्ष मुलुक बनेकाले हिन्दुहरु विस्तारै एकत्रित र संगठित बन्दै हिन्दुहरुको अतित्व बचाउन लाग्न थालेको रुपमा लिन सकिने कोषाध्यक्ष बैद्यले अन्तराष्ट्रिय समाचार संस्था बीबीसीसंगको अन्तर्वार्तामा बताएका छन् । विश्व हिन्दु महासंघका अध्यक्ष तथा पशुपति विकास कोषका सल्लाहाकार दामोदर गौतम पनि उनको भनाइसँग सहमत देखिन्छन् ।  ‘हिन्दुहरुको आफ्नो संस्कृति र अतित्व बचाउन अहिले कम्मर कसेरै लागेको अवस्था हो’ गौतमले भने । नेपाल धर्मनिरपेक्ष मुलुक बनेकोमा नेपालका साथै विश्वभरका हिन्दुहरुले नरुचाएको ठम्याइँ गौतमको छ । उनले यस अगाडि राज्यसतासँगको एक अन्तर्वातामा पनि हिन्दु राज्यबाट धर्मनिरपेक्ष राज्य नेपाल धेरै हिन्दुलाई पाच्य नभएको र त्यो एउटा हिन्दुलाई सिध्याउने षड्यन्त्रका रुपमा आएको खुलासा गरेका थिए ।

पवित्र देवस्थल पशुपतिनाथमा भेला हुने सवै हिन्दु दशनार्थीको मन भने पवित्र देखिन्न । उनीहरुको गतिविधि हेर्दा पशुपतिनाथको जात्रा सिद्राको व्यापार भन्ने उखान चरितार्थ हुन्छ । शिवरात्री पर्वमा हिन्दुहरु पशुपतिनाथमा जम्मा हुने गरे पनि त्यस क्षेत्रमा विकृति भने बढ्दै गएको छ । भारतबाट आएका भनिएका नाग्गा जोगी र साधु सन्तहरु निर्वाध गाँजा भाङ खाने र अन्यलाई खुवाउने साथै खुलेलाम विक्री समेत गर्ने गरेको पाइएको छ । अबैध मानिएका ती लागू पदार्थहरु शिवरात्री पर्वका नाममा निर्वाद प्रयोग र किनबेचले युवाहरुलाई कुलतमा फसाउन सहयोग गरिरहेको छ । कतिपय निर्रवस्त्र भेटिने जोगीका कारण पशुपति क्षेत्रमा जान समेत महिला दशनार्थीहरु अप्ठ्यारो महशुस गदै आएका छन् । शिवरात्रीका बेला युवाहरु समेत लागू औषधको किनबेच तथा सेवन गर्नुको  साथै खुलेलाम नाँगा बावाहरु पशुपति क्षेत्रमा निर्रवस्त्र देखिए पनि प्रहरी र प्रशासन भने यसमा चुप देखिन्छ ।

गोविन्द लुइँटेल, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %