
पोखरा-११ रानीपौवाका ३ बर्षीय उत्प्रेम जोजिजूले ड्रम बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन । दुई बर्षको सानो उमेरमा ड्रमसेट बजाएर चर्चामा रहेका जोजिजूलाई गत माघ २७ गते एभरेष्ट वल्र्ड रेकर्डले उनलाई विश्वकै कान्छो ड्रमरको प्रमाण पत्र दिएको श’क्रबार रिपोर्टस क्लब नेपालमा आयोजीत पत्रकार सम्मेलनमा सार्वजनिक गरीएको हो ।
पोखराको जोजिजू म्युजिक सेन्टरले उत्प्रेमले दुई बर्षको कलिलो उमेरमा ड्रमसेट बजायर विश्वकै कान्छो ड्रमर भएको प्रमाण पत्र सार्वजनिक गरेको छ । उत्प्रेमले पहिले प्रस्तुती २०६७ असोज १ गते गरेका थिए भने हालसम्म ११ पटक समम ड्रमसेटको कला प्रदर्शन गरीसकेको उनका बाबु विनित जोजिजूले बताए भयो । एभरेष्ट वल्र्ड रेकडस्रका संस्थापक निर्देशक मथुरा श्रेष्ठद्धारा हष्ताक्षरित प्रमाणपत्रमा उत्प्रेमलाई प्रतिभा विधामा प्रमाण पत्र पदान गरीएको उल्लेख गरीएको छ ।
२०६५ साल असोज १४ गते जन्मेका उत्प्रेमले डेड बर्षको उमेर देखि ड्रमसेट बजाउन थालेका हुन । उनी हाल पोखराको ग्लोवल कलिजियटमा पि्र नस्ररीमा १० महिना देखि अध्यनरत छन । विश्वकै सवै भन्दा सानो उमेरमा ड्रम बजाएर नयाँ कृतिमानि कायम गरेको भन्दै उत्प्रेमका बाबु विनित र आमा सानु जोजिजुले आफ्नो छोराले एभरेष्ट वल्र्ड रेकर्डमा नाम राख्न सफल भएकोमा खुसि ब्यक्त गर्नु भएको छ । उत्प्रेम जोजिजूलाई गिनिज बुक अफ दी विश्व रेकर्डमा पनि विश्वकै कान्छो उमेरको ड्रमरको रुपमा विश्व कीर्तिमान कायम गर्न उनको परिवार लागि परेको छ ।
दिननाथ बराल, पोखरा
