राष्ट्रिय जनमुक्ति पार्टीको राष्ट्रिय भेलामा आगामी वैशाख ८ गते हुने भएको छ । फागुन महिनाका लागितय भएको सम्मेलन वैशाखका लागि सारिएको सो पार्टीका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले जानकारी दिएका छन् ।
भेलामा संघीय परिषद, संघीयसभाका पदाधिकारी, जिल्ला तथा नगरस्तरीय नेताहरु र भातृसंगठनका नेताहरुको सहभागिता रहने छन् । भेलाभन्दा अघि चितवनको नारायणगढदेखि काठमाडौंसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
