दुवै मृगौला कमजोर भई डायलोसिस गरीरहेकी तिर्थवहादुर गुरुङ्गलाई बेल्जियमस्थित सिक्लेस पार्चे कल्याणकोषबाट करिब साढे दुई लाख नगद सहयोग प्राप्त भएको छ । सिक्लेस पार्चे कल्याणकोष वेल्जियमको पहलमा बेल्जियम गई वसेका करिब २५ जना दाजुभाई तथा दिदिवहिनीहरुबाट ३९ वर्षिय मृगौलापिडित गुरुङ्गको उपचारको लागी संकलित २ लाख ३५ हजार ३ सय ११ रुपैया आज एक पत्रकार सम्मलेन गरी कल्याणकोष वेल्जियमबाट प्राप्त रकम चिउली पार्चे तमु समाजका कार्यवाहक अध्यक्ष सुवेदार रणवहादुर गुरुङ्ग र कल्याणकोष वेल्जियमका विजय गुरुङ्गका बाबा लाल प्रसाद गुरुङ्गले संयुक्त रुपमा पिडितका कान्छा बाबा राम सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरे ।
गुरुङ्गलाई सहयोग गर्न चाहने व्यक्तिहरुले A and B बैँक महेन्द्रपुलको खाता नम्वर ००१००००६३२१ F मा जम्मा गर्न पिडितका कान्छा वावा गुरुङ्गले सबैलाई आग्रह गरेका छन् । यसैगरी चिउली पार्चे तमु समाज पोखराबाट संकलित करिब साढे ५ लाख रुपैया पिडितका कान्छा बाबालाई हस्तान्तरण गरेको छ ।
समाजका कार्यवाहक अध्यष सुवेदार रण वहादुर गुरुङ्ग सचिव पमवहादुर गुरुङ्ग र कोषाध्यक्ष थमन वहादुर गुरुङ्गले संयुक्त रुपमा समाजको पहलमा संकलित ५ लाख ४८ हजार ९ सय ९५ रुपैयाँ पिडितका कान्छा वावा राम सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरे ।
यसरी सिक्लेस पार्चे तमु समाज र सिक्लेस पार्चे कल्याणकोष वेल्जियमको पहलमा तिर्थ गुरुङ्गको उपचारका लागी करिब ७ लाख ८४ हजार ३ सय ८६ रुपैया संकलन भएको छ ।
कार्यक्रममा चिउली पार्चे तमु समाजका कार्यवाहक अध्यक्ष सुवेदार रण वहादुर गुरुङ्ग सचिव पम वहादुर गुरुङ्ग सिक्लेस विकास सरोकार समुहका अध्यक्ष हितमान गुरुङ्ग सचिव पोल वहादुर गुरुङ्ग देवी जंग गुरुङ्ग लगायतले मन्तब्य राखेका थिए ।
३९ वर्षीय तिर्थवहादुर गुरुङ्गले यसअघि सिक्लेसमा रहेको अन्नपुर्ण माध्यमिक विद्यालय पोखरा कुँडहरस्थित वाल विद्या वोर्डिङ्ग स्कुल गौडाकोमुखस्थित वालकल्याण वोर्डिङ्ग स्कुल र नयाँवजारस्थित लोटस एकेडेमीमा गरी करिब २५ वर्ष अध्यापन गराएका थिए ।
देवीजंग तमु, पोखरा
