नेपाल तमु विद्यार्थी छोँज धीँ केन्द्रिय समितिको साताँै अधिवेशनमा ५०० प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बुटवलमा हुन गईरहेको अधिवेशनमा ५२ जिल्लाबाट प्रतिनिधित्व हुने भएको छ ।
यसैवीच महाधिवेशनमा सहभागी हुनका लागी जिल्ल्ाा कार्यसमिति कास्कीबाट अधिवेशन प्रतिनिधि चयन भएको छ । जिल्ला कार्यसमितिले जिल्ला अध्यक्ष नोमराज गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय टोली छनोट गरेको हो ।
छनौट भएका प्रतिनिधिहरुमा भुपाल गुरुङ्ग, धन गुरुङ्ग, रिम गुरुङ्ग, होम गुरुङ्ग, सुराज गुरुङ्ग, रविन गुरुङ्ग, नरेन गुरुङ्ग रहेका छन भने सिाचत गुरुङ्ग, लक्षीन गुरुङ्ग, महादेव गुरुङ्ग, सचिन गुरुङ्ग, आशा गुरुङ्ग, सपना गुरुङ्ग, हिरा गुरुङ्ग लगायतका रहेका छन ।
कास्की जिल्ला शखाले केहि महिना अगाडी सम्पन्न गरेको मिस तमुस्यो २०११ का फष्ट रनर अप रजनी तमु सेकेन्ड रनर अप टिना तमु र राष्ट्रिय भलिबल खेलाडीहरु मजु गुरुङ्ग, सिपोरा गुरुङ्ग र परीक्षा गुरुङ्ग लगायतका पाँच चेलीलाई सम्मान गर्ने कार्यक्रम रहेको कास्की जिल्ल्ा सचिव रिम गुरुङ्गले जानकारी दिए ।
हुम तमु, पोखरा
