प्रधानमन्त्री भट्टराईबाट प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण

Read Time:1 Minute, 36 Second

नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक मुलुकको कार्यकारी प्रमुखबाट अनावरण भएको छ । प्रथम सहिद दिवसको अघिल्लो दिन अर्थात फागुन १ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालका प्रथम सहिद लखना थापाको सालिक अनावरण गरेका हुन ।

एक विशाख समारोहकावीचक प्रधानमन्त्रीले पोखराको पृथ्वीचोकमा बनेको प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण गरेका हुन । साम्प्रदायिक शासकहरुको उपेक्षामा परेका प्रथम सहिदको सालिक अनावरण भएपछि पोखरेली जनताले हर्ष विभोर भएका थिए ।

जहाँ राणा शासनको अन्त्थ्य तथा लोकतान्त्रिक शासन व्यवस्थाका लागि पहिलो पटक संगठित विद्रोह गरेका प्रथम सहिद थापा मगरलाई राणाहरुले कायरता पूर्वक हत्या गरेका थिए । २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा थापा मगरलाई सहिद घोषणा गरिएको थियो ।


 
यसैवीच नेपालमा मात्रै होइन विश्वका विभन्न देशमा रहेका मगरहरुले प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गदै विभिन्न कार्यक्रम आयोजना गरेको समाचार प्राप्त भएको छ ।

तस्वीर छवि मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %