नवलपरासीमा जनमुक्तिको समाचार बहिस्कार गर्ने धम्की

Read Time:1 Minute, 48 Second

 नवलपरासीको कावासोती क्षेत्रका केही पत्रकारले राष्ट्रिय जनमुक्ति पार्टीको समाचार बहिस्कार गर्ने धम्की दिएका छन् । माघ २७ गते एक विज्ञप्ति जारी गरेर उनीहरुले यस्तो धम्की दिएका हुन । जनमुक्तिका नवलपरासी जिल्ला सचिव तिलबहादुर झेंडी मगरले एक पत्रकारलाई ज्यान मार्ने धम्की दिएको निहु बनाएर उनीहरुले समाचार बहिस्कार गर्ने बताएका हुन ।

सचिव झेंडीले भने २० वर्षदेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गरिरहेको पार्टीको सच्चा योद्धा भएको नाताले कसैलाई धम्की दिने कुरा सोच्न पनि नसक्ने बताए । उनले राज्यसत्ता डटकमसँग भने, ‘कसैलाई धम्की दिने पार्टीको नीति र निर्देशन छैन ।’ सचार मन्त्रालयको अनुमति विना सन्चालन भईरहेको कुलबहादुर राना नामक व्यक्तिसँग जनजाति महोत्सवको विषयमा टेलिफोनमा कुराकानी भएको झेंडीले बताए । रानासँगको कुराकानी रामु रेश्मीले पनि सुनेका थिए । राना विगतका वर्षमा जिल्ला मै पटक पटक विभिन्न पक्षबाट पिटिएका थिए । ज

नमुक्ति एक जिल्ला नेताले भने समाचार बहिस्कारको विषयमा पार्टीको प्रचार प्रसार भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘कहिल्यै पो बजाएका थिए र जनमुक्तिको समाचार ? गरे गरुन बहिस्कार ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %