पूर्वप्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राज्य पुनःसंरचना उच्तस्तरीय सुझाव आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । राज्यपुर्नसंरचना समितिले तयार पारेको १४ प्रदेशको प्रतिवेदनमा भन्दा ताम्सालिङ् प्रदेश ठूलो बनाएको आयोगको प्रतिवेदनले जनतामा असन्तुष्टी बढाएको देउवाको भनाई छ ।
२८४८ औँ डुक सोनाम लोसारको उपलक्ष्यमा नेपाल तामाङ् सङ्घ ललितपुरमा माघ २८ गते आयोजना गरेको कार्यक्रम उनले ताम्सालिङकै विरोध गरेका हुन । गोदाबरीमा आयोजना गरिएको सांस्कृतिक तथा बनभोज कार्यक्रममा देउवाले विरोध गर्दा पनि तामाङ समुदायका नेताहरुले मौन स्विकृति जनाए । ताम्सालिङ वा नेवा प्रदेश बनाउँदा जनतामा फाटो आउने उनको दाबी थियो ।
कार्यक्रममा काँग्रेस ललितपुर सभापति मदनबहादुर अमात्यले तामाङ् समुदायको पहिचान र अधिकारलाई सुनिश्चित गर्न सबै दलको भूमिका महत्वपूर्ण हुने धारणा राखे । नेपाल तामाङ् सङ्घ ललितपुरका अध्यक्ष रामकृष्ण लामाले अधिकार लागि संघर्ष गर्ने बताए ।
