“मीमीक र छीमेक काट न्हाले ।” अर्थात “आँखा र छिमेक एउटै हाे ।”

Read Time:10 Minute, 47 Second

-पूर्ण बहादुर राना

I was angry with my friend;
म मेरो साथीसँग रिसाएको थिएँ;
I told my wrath, my wrath did end.
मैले मेरो रिस पोखेँ, अनि मेरो रिस समाप्त भयो।
I was angry with my foe:
म मेरो शत्रुसँग रिसाएको थिएँ:
I told it not, my wrath did grow.
मैले त्यो रिस व्यक्त गरिनँ, अनि मेरो रिस झन् बढ्दै गयो।

प्रस्तुत गद्य हरफहरू अँग्रेजि कवि विलियम ब्लेक(William Blake)ले आफ्नो कवितामा व्यक्त गरेका शब्दहरू हुन्। यो गद्य(Stanza) विषकाे रूख(A Poision Tree) नामक कवितामा उल्लेख गरिएको छ ।

यो कविता ठ्याक्कै नेपालका नेताहरूसँग पनि मेल खान्छ । प्रधानमन्त्री बालेन काठमाडौं महानगरकाे मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा राखेका थिए । प्रचण्डले माओवादी द्वन्द्वकालमा भारतसँग सुरुङ युद्ध गर्छौँ भन्थे । प्रचण्ड र लगायत अन्य कम्युनिस्ट नेताहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्य मुर्दावाद भनेर बेर्नाे निस्कने गरेर चर्काे चर्काे भाषण गर्थे । अहिले पनि कम्युनिस्ट नेताहरूले विराेध गरेकाे सुनिन्छ ।

यति मात्रै हाेईन काङ्ग्रेसबाट प्रधानमन्त्री बनेका मातृका प्रसाद काेईरालाले काेशि बेचे । स्वयं बिपिले गण्डक बेचे । गरिजाले टनकपुर बेचे । काङ्ग्रेस पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, एमालेका पुर्वप्रधानमन्त्रिद्वय केपी ओलि र माधव नेपालहरू भएर महाकाली नदि बेचे ।

वास्तवमा उनीहरू चाहिँ भारत विरोधी होइनन्, भारत समर्थक हुन्। प्रचण्ड र उनकाे माओवादी पार्टीलाई हातहतियार, गाेलि बारूद र तालिम तथा सेल्टर सबै व्यवस्थापन माओवादी द्वन्द्वकालमा भारतले गरेको प्रमाण विभिन्न किताबहरूमा आइसकेका छन् । र भारतीय बुद्धिजीवीहरूले बाेलिसकेका छन् ।

ग्रेटर नेपालकाे नक्सा राख्ने बालेनले सीमाको बारेमा कुरा त गरेनन् गरेनन् सुरूकाे सम्बाेधनमा बुद्धकाे बारेमा एक शब्द पनि खर्चेनन् । अन्तमा त बुद्धकाे नाम लिए । बरू भारतीय प्रधानमन्त्री मोदीले बुद्ध, लुम्बिनी र बाेधगयाको बारेमा कुरा उठाए । यो साह्रै भारत रिसाउला भनेर लम्पसारवादी र डरछेरूवा भएको प्रमाणित हुन्छ ।

प्रधानमन्त्री बालेनले नेपालमा उत्पत्ति भएका धर्महरू जस्तै किरात र बाैद्ध धर्मबारे एकएक शब्द उच्चारण गरेकाे भए उनकाे के जान्थ्याे र ?

बुद्ध धर्मकाे बारेमा त झन खुला हुनुपर्ने । किनकि भगवान बुद्धले बुद्धत्व प्राप्त गरेकाे कुरा भारतसँग रिलेटेड छ। किनकि बुद्ध धर्म बारे कुरा गर्दा वहाँकाे जन्म नेपालको लुम्बिनी र ज्ञान प्राप्त गरेकाे भारतकाे बोधगयालाई नजोड्ने हो भने बुद्ध धर्म अधुरै र अपुरै रहन्छ । र हिन्दु धर्मकाे राम सिता पनि यस्तै छ ।

त्यसैले नेताहरूले चर्को चर्को स्वरमा भारत वा चाइना वा अमेरिकाकाे विराेध गर्छ भने उसको कुरो नपत्याउनुनै ठिक हुन्छ । यस्ताका कुरा पत्याउने नेपाली जनताहरू मूर्ख होइन, महामूर्ख हुन् । नेताकाे कुरा र अनुहार होइन, व्यवहार हेराैं । कवितामा भने झैं जसलाई बढि गालि गर्छ उसलाईनै बढि माया हुन्छ ।

बरू मगर समाजमा एउटा उखान छ ” मीमीक र छीमेक काट न्हाले ।” अर्थात “आँखा र छिमेक एउटै हाे ।” यसकाे अर्थ म तल व्याख्या गर्न चाहान्छु ।

मगर भाषाको यो उखान “मीमीक र छीमेक काट न्हाले” (आँखा र छिमेक एउटै हुन्) ले कूटनीतिक र भूराजनीतिक सन्दर्भमा अत्यन्तै गहिरो र व्यावहारिक अर्थ बोकेको छ।
यसको मुख्य कूटनीतिक अर्थलाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ:

१. अत्यन्त संवेदनशील सम्बन्ध (High Sensitivity Relationship):

आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अङ्ग हो । जसमा सानो कसिङ्गर पर्दा पनि पूरै शरीर छटपटिन्छ। पिडा हुन्छ । अप्ठ्यारो बनाउँछ । दु:ख दिन्छ । कूटनीतिमा पनि छिमेकी राष्ट्रसँगको सम्बन्ध त्यस्तै संवेदनशील हुन्छ। छिमेकमा सानोतिनो अस्थिरता, असन्तुष्टि वा असमझदारी पैदा भएमा त्यसको प्रत्यक्ष र तत्काल असर आफ्नो देशमा पर्छ।

२. आत्म-प्रतिबिम्ब र पारस्परिक निर्भरता (Mutual Interdependence):

आँखाले अरूलाई देख्छ तर आफैँलाई देख्न सक्दैन । आफुलाई देख्नका लागि ऐना वा अरूको सहारा चाहिन्छ। अर्थात मानिसले वा आफ्नो देशले गरेकाे गल्ती आफुले देख्दैन । त्यसैले छिमेकी देशहरू एक-अर्काका ऐना हुन्। कूटनीतिमा छिमेकीको सुरक्षा, स्थिरता र समृद्धि नै आफ्नो देशको सुरक्षा र समृद्धिसँग जोडिएको हुन्छ । जसलाई कूटनीतिक भाषामा ‘नियमित नियति'(Shared Destiny) भनिन्छ ।

३. अपरिहार्य निकटता (Inevitable Proximity):

मानिसले अरू अङ्ग वा साथीभाइ फेर्न सक्छ । टाढा जान सक्छ । मिल्काउन सक्छ । छाेड्न सक्छ । तर आँखा फेर्न सक्दैन। कूटनीतिमा पनि भनिन्छ— “इतिहास फेर्न सकिन्छ, तर भूगोल (छिमेकी) फेर्न सकिँदैन।” छिमेकी जस्तोसुकै भए पनि ऊसँगै मिलेर, संवाद गरेर र विश्वास जितेर अघि बढ्नुको विकल्प हुँदैन। आफ्नाे घरबाट देब्रेतिर रहेकाे छिमेकीसँग रिसायाे भनेर जुरुक्क उचालेर तलतिर मिल्काउन सकिदैंन । माथितिरकाे छिमेकीसँग रिसायाे भनेर त्याे घरलाई जुरूक्क उचालेर दाहिनेतिरकाे डाँडा कटाउन सकिदैंन । र मिल्दैन ।

यसरी नै भारतसँग रिसायाे भनेर भारतलाई उचालेर दक्षिण अफ्रिका देश कटाउन मिल्दैन र सकिंदैन । चाईनासँग रिसायाे भनेर उचालेर साउदी अरब कटाएर फाल्न मिल्दैन ।

४. सजगता र हेरचाह (Care and Vigilance):

आँखालाई जोगाउन परेला हरपल सजग रहन्छ । छिमेकीसँगको सम्बन्ध सुमधुर राख्न पनि निरन्तर कूटनीतिक संवाद, सतर्कता र आपसी सम्मानको आवश्यकता पर्दछ। आँखामा धुलो पर्न नदिएझैँ छिमेक सम्बन्धमा तेस्रो पक्षको चलखेल वा अविश्वासको धुलो पर्न दिनु हुँदैन।

५. छिमेकीहरू महत्त्वपूर्ण हुन्छन्(Neighbours are Important):

छिमेकी भनेकाे घरगाउँ देखि लिएर देशविदेशमा महत्त्वपूर्ण हुन्छ । छिमेकि र समाज जुनसुकै बेला आवश्यक पर्छ । घरगाउँमा अर्मपर्म, विहेभाेज, आजापुजा, लेनदेन, दु:खपिडा, गार्हाेसार्हाे अप्ठ्यारोमा आवश्यक पर्छ । छिमेकीमा बसेपछि रहनसहन, चरनवर्तन, पानीपँधेराे, रनबन, आजापुजा सबैमा मिलेर हिंड्नुपर्छ र बस्नुपर्छ । कसैले पनि कसैकाे एक ईन्च जग्गाजमिनकाे साँधकिल्ला मिच्न हुँदैन । धनि र धेरै जहान भएकोले गरिब र थाेरै जहानपरिवार भएकोलाई व्यवहारमा हेप्न, चेप्न र दबाउन पाउँदैन । र हुँदैन । यसाे गर्याे भने छिमेकि साेझाे र सफा मनकाे हुँदैन ।

यसरीनै विश्व राजनीति र कूटनीतिमा भूगोल अपरिवर्तनीय सत्य भएकाले छिमेकी राष्ट्रहरूको भूमिका सदैव महत्त्वपूर्ण र संवेदनशील रहन्छ । आपसी विश्वास, सार्वभौमिक समानता र अहस्तक्षेपको सिद्धान्तमा आधारित सन्तुलित छिमेकी सम्बन्धले नै कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि र क्षेत्रीय स्थायित्वको आधारशिला तय गर्दछ। धनि र बलिया राष्ट्रले गरिब र कमजाेर राष्ट्रलाई आघात पुर्याउने र सिमाना मिच्न हुँदैन । यसरी हेप्याे भने छिमेकि साेझाे हुँदैन अर्थात् खुसि हुँदैन । तसर्थ, साझा चुनौतीहरूको सामना गर्न र पारस्परिक लाभ हासिल गर्न छिमेकीहरूसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राख्नु परिपक्व कूटनीतिको अनिवार्य शर्त हो।

तसर्थ मगर भाषाकाे याे उखानलाई संक्षेपमा भन्नुपर्दा, कूटनीतिमा “छिमेकीलाई आँखाको नानीझैँ जोगाएर राख्नुपर्छ । किनकि छिमेक सुरक्षित र शान्त रहे मात्र आफू सुरक्षित रहन सकिन्छ” भन्ने ‘छिमेक प्रथम’ (Neighbourhood First) को सिद्धान्तलाई दर्शाउँछ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *