नेपाल आदिवासी जनजाति महिला महासंघको प्रथम राष्ट्रिय भेला माघ २७ गते शुरु हुँदैछ । भेला ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा दिनको १२ बजे शुरु हुने आयोजकले जानकारी दिएको छ ।
दुई दिनसम्म चल्ने भेलामा जातीय पोशाकमा आउन आग्रह गरिएको छ । दोस्रो दिन अर्थात माघ २८ गते विहान अन्तरकि्रया कार्यक्रम आयोजना गरिएको छ ।
