कल्याण शेरचन स्मृति प्रतिष्ठान गठन

Read Time:2 Minute, 0 Second

लोकगायक तथा संकलक कल्याण शेरचनको पहिलो स्मृतिसभा पोखरामा सम्पन्न भएको छ । हिमाली साँस्कृतिक परिवार र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजना माघ २४ गते भएको सभामा दिप प्रज्वलन गरी स्वगर्िाय शेरचनलाई श्रद्धााजली व्यक्ति गरिएको थियो ।

प्रथम वार्षिक स्मृतिसभामै मेनकाजी गुरुङको अध्यक्षतामा कल्याण शेरचन स्मृति प्रतिष्ठान गठन समेत गरिएको छ । प्रतिष्ठानको संरक्षकमा स्वर्गिय शेरचनकी धर्मपत्नी शर्मिला शेरचन रहनु भएको छ भने कार्य समितिको पदाधिकारी तथा सदस्यपछि चयन गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

कहाँ हो नानी घर तिम्रो मैच्याङ्ग आ लगायतका चर्चित गीतका सर्ज पोखरा रानीपौवाका शेरचनको ठिक एक वर्ष अघि आजकै दिन ६४ वर्षको उमेरमा निधन भएको थियो । गठित प्रतितष्ठानले निकट भविश्यमा कल्याण शेरचनको जीवनी समेटिएको संस्मरण कृति प्रकासनको साथै शेचरनले गाएका र लेखेका गीतको भिसिडि बजारमा ल्याउने तयारी समेत गरेको छ ।

यसैबीच काठमाडौको शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचाररत दृटिबिहिन गायक डिबी चक्रधरको उपचारको लागि हिमाली साँस्कृतिक परिवारले १२ हजार ६ सय ५ रुपैयाँ संकलन गरेको छ । उपरिवारका सल्लाहाकार आजीवन सदस्य कार्यसमिति तथा साधारण सदस्यबाट उक्त रकम संकलन गरी डिवी चक्रधर उपचार सहयोग समितिलाई हस्तान्तरण गरेको छ ।  

तमु हुम\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %