राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष एमएस थापाले संसदीय दलको नेताको हैसियतले पाएको गाडी फिर्ता गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसे लगत्तै उनले गाडी फिर्ता गरेका हुन ।
जनमुक्ति पार्टीको वेभसाइटमा भने थापाले सरकारी साधन स्रोतको दुरुपयोग नगर्न अन्य दलका नेतालाई दवाव पुगोस भनेर फिर्ता गरेको उल्लेख छ । माधव नेपाल नेतृत्वको सरकारले साना दलका प्रमुख सचेतकहरुलाई समेत गाडी सुविधा दिने निर्णय गरेको थियो ।
एमएस थापाद्वारा सरकारी गाडी फिर्ता
Read Time:46 Second
