नवलपरासी २४ माघ
माओबादीको तेस्रो डिभिजन शक्तिखोरमा स्वेच्छीक अवकासका लागि चेक बुझेका लडाकुहरुलाई तत्काल शिवीर छाड्न दवाव दिदै कुटपिट गरेका छन् ।
गए राती लडाकुको एक समुहले शिविरभित्रै कुटपिट र घेराबन्दी गरेको कम्पनी कमान्डर हुमबहादुर खड्काले बताए । शिविर भित्रै घेराबन्दी भएपछि भागेर शिवीर बाहिर निस्कीएको खड्काले टेलिफोनमार्फत जानकारी दिएकाहुन् । शिविर बाहीर निस्कीएपछि तत्काल वाईसिएल टाडिको सम्पर्कमा आएका खड्कालाई ईलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा उद्धार गरिएको थियो ।
खड्का अहिले टाडीस्थीत वाईसिएल कार्यालयमा रहेका छन् । सरकारले माघ महिनाको समेत रासन र भत्ता उपलब्ध गराउने बताईरहदा शिविर व्यवस्थापन पक्षले भत्ता पछि पठाईदीने भन्दै चेक बुझेका लडाकुहरुलाई शिविर छाड्न भनेपछि विहान भनाभनको स्थिती भएको थियो ।
सो क्रममा स्वेच्छीक अवकासमा जाने लडाकुहरुले माघ महिनाभर आफुहरु शिविरमा रहने र यथासक्य छिटो माघ महिनाको भत्ता उपलब्ध गराउन माग गरेका थिए । सो क्रममा उनिहरुले शिविरमा हालसम्म भएको खर्च सार्वजनिक गर्न माग समेत गरेका थिए । स्वेच्छीक अवकासमा जाने भन्दै चेक बुझीसक्नु भएका डिभिजन सह कमान्डर दीपक चलाउनेले शिविरमा पारदर्शि नभएको भन्दै रकम पारदर्शि गर्न आफुहरुले दबाब दिएको बताए ।
उनले यस बिषयलाई पार्टिमा कुरा उठाउने पनि बताए । सो बिषयमा डिभिजन कमान्डर धनबहादुर मास्केले केही कुरा गर्न चाहेनन् । चेक हस्तान्तरण प्रक्रिया भने आज पनि जारी रहेको छ ।
देब पचभैया
