जातीय र गृहयुद्ध चर्कदैछ-अधिकारी

Read Time:1 Minute, 50 Second

वाहुन समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले आदिवासी\जनजाति, दलित र मधेशीलाई अधिकार दिने गरी संविधान बनाए जातीय र गृह युद्ध गर्ने घोषणा गरेका छन् । पर्वतमा माघ २१ गते पत्रकार सम्मेलन गरेर अधिकारीले गृह युद्ध गर्ने बताएका हुन ।
 
संघीण लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताका विरोधी अधिकारीले सबैभन्दा पहिले बसोबास गरेका आदिवासी बाहुन क्षेत्रीलाई राज्यबिहीन बनाएर मुलुक चल्न नसक्ने तथा अल्पमतमा रहेका जातिलाई राज्य दिए गृहयुद्ध र जातीय युद्ध चर्काउने चेतावनी दिएका हुन ।
 
वाहुन क्षेत्रीको अधिकारका लागि अल्पमतमा रहेका जातीहरु सखाप हुन सक्ने उनको भनाई छ । अधिकारीऌ जातीय आधारमा राज्यको नामकरण गर्नु कालान्तरमा अल्पमतमा हुने जातिलाई नै घाटा पुग्ने बताए ।  

मुलुकको परिवर्तनप्रति असन्तुष्ट अधिकारीले बाहुन क्षेत्रीलाई शरणार्थी बनाउन लागेको दाबी गरेका छन् । राज्यले वाहुन र क्षेत्रीमाथि गरेको विभेद अन्त्य गर्न कडा आन्दोलन गर्ने अधिकारीको चेतावनी थियो । राज्य पुनस्रंरचना आयोगले जातीय आधारमा राज्य बनाउने निर्णयबिरुद्ध वाहुनहरु एक हुनुपर्नेमा उनको जोड थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %