जनजाति महासंघद्वारा अर्को समिति माग

Read Time:1 Minute, 32 Second

नेपाल आदिवासी जनजाति महासंघले नयाँ संविधानमा राख्ने विषयमा देखिएको विवाद मिलाउन तत्कालै एक अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउन माग गरेको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले माघ २० गते एक प्रेस विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन । उक्त समितिमा जनजाति महासंघको प्रतिनिधित्व हुनु पर्ने लेखीको माग छ । संविधान निर्माणमा ढिलाई भए प्रतिकार गर्ने समेत महासंघको चेतावनी छ । विज्ञप्तिमा भनिएको छ, ‘संविधान निर्माणमा ढिलाई गरिन्छ र पहिले जसरी नै संविधानसभाको म्याद थप्ने प्रपंच गरिन्छ भने त्यसको आदिवासी जनजाति समुदायका साथै समस्त नेपाली नागरिकले कडा प्रतिकार गर्ने पनि चेतावनी दिन चाहन्छौं ।’ राज्यपुनसंरचना बिनाको अपूरो अधुरो उधारो र संक्षिप्त संविधान नेपाली नागरिकलाई मान्य नहुने पनि उनीहरुको भनाई छ । राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन आएपछि कति प्रदेश आधिकारिक हो भन्ने अन्यौल सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %