राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन सभामुखलाई

Read Time:1 Minute, 28 Second

प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । आयोगले आफूलाई बुझाएको दुई दिनपछि अर्थात माघ १९ गते भट्टराईले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई भेटेर प्रतिवेदन बुझाएका हुन ।

आयोगको प्रतिवेदन शान्ति र संविधान लेखनको प्रकि्रयाका निम्ति सबैभन्दा महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्दै प्रधानमन्त्री डा भट्टराईले त्यसलाई आफूले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको उल्लेख गरे । बहुदलमा फरक मत अभिव्यक्त हुनु स्वभाविक भएको बताउँदै प्रधानमन्त्रीले प्रतिवेदनमा एकमत वा बहुमत प्रस्तुत हुनुमा तात्विक अन्तर नरहने धारणा राखे । अध्यक्ष नेम्वाङले राज्य पुनःसंंरचना गर्दा मुलुक र जनतालाई केन्द्रमा राखेर संविधानलाई टुङ्ग्याउनुपर्ने बताए ।

राज्यपुर्नसंरचना आयोगले माघ १७ गते ११ प्रदेश सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %