पूर्वसभामुख दमननाथ ढुङ्गानाले राष्ट्रिय एकताका लागि संघीयता आवश्यक भएको धारणा राखेका छन् । संवाद माच नेपालले माघ १९ गते आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन । आगामी जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुनैपर्ने बाध्यात्मक अवस्था रहेको समेत उनको भनाई थियो ।
कार्यक्रममा अधिकारकर्मी पद्मरत्न तुलाधरले चार वर्षसम्म पनि संविधान लेखन कार्य पूरा गर्न नसक्नु भनेको राजनीतिक बेइमानी हो भन्दै संसदीय व्यवस्थाविरुद्ध युद्ध गर्ने तर त्यसको उचित विकल्प दिन नसक्नु दलहरुको कमजोरी भएको बताए ।
माचका अध्यक्ष दीपेन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक विश्लेषक दुर्गा सुवेदी, वरिष्ठ अधिवक्ता चन्द्रमणि न्यौपाने, यातायात व्यवसायी उत्तम चौलागाई, नेकपा एमालेका महेश रेग्मी, फोरम नेपालका केन्द्रीय सदस्य मृत्युाजय झा, श्रीमती राजु बर्मा र सङ्गीता दाहालले लगायतले पनि मन्तब्य राखेका थिए ।
