मगर विद्यार्थी संघको सातौ महाधिवेशन आइतवार तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न भएको छ । उक्त महाधिवेशनवाट वाग्लुङकी रेनुका काउचामगरको प्यानल विजयी भएका छन् । काउचामगरको प्यानल कङगे्रस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु समर्थित रहेका थिए । २९० मतमा काउचामगरले १६० मत ल्याएर अध्यक्ष पदमा निर्वाचीत विजयी भएकी हुन् । उक्त मत मध्ये ९ मत वदर भएको थियो । उनका प्रतिद्धन्दी नरेन्द्र थापा मगरले ११० मत ल्याएका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दिपु श्रीसले १४६, अठार मगरात उपाध्यक्षमा खेम वुढाले १५१, वाह्र मगरात उपाध्यक्षमा सुमन थापामगरले १२७, मुख्य सचिवमा डम्वर गरन्जाले १३०, संगठन सचिवमा दिनेश रानामगरले १३६, प्रचार प्रसार तथा प्रकाशन सचिवमा खेम थापाले १४८, विदेश सचिवमा कुल घर्तीमगरले १५९, महिला सचिवमा युरिका थापाले १७३ र कोषाध्यक्षमा सुवास आलेले १६५ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी महासचिवमा वलवीर वुढामगर, महिला उपाध्यक्षमा दीपा आले र काइके उपाध्यक्षमा खेम प्रसाद वुढामगर सर्वसम्वत चयन भएका छन् । महाधिवेशनमा १४ वटै अचलवाट प्रतिनिधित्व रहने गरी ५५ जनाको कार्यसमिति निर्वाचित भएका छन् । शुक्रवार देखि शुरु भएको उक्त अधिवेशनमा १४ वटै अचलवाट गरी करिव पाँच सय जनाको सहभागीता रहेको थियो । उक्त अधिवेशनको अर्थमन्त्री वर्षमान पुनले उदघाटन गरेका थिए ।
विनोद रखाली मगर
सम्बन्धित समाचार
मगर विद्यार्थी संघमा महिला नेतृ
मगर विद्यार्थीको महाधिवेशन रौनक
मगर विद्यार्थीको महाधिवेशन तयारी तीव्र
