सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी विभाजनको मुख्यदोष सभामुख सुवासचन्द नेम्वाङलाई दिएका छन् । माघ १२ गते सभासदद्धय गौरी महतो कोइरी र राम नरेश राय यादव राष्ट्रिय सदभावना पार्टी गठन गरेपछि आक्रोशित महतोले दोष जति सभामुखलाई दिएका हुन ।
राजधानीमा माघ १६ गते बोल्दै महतोले मधेशी पार्टी फुट्दा खुशी हुने मानसिकताका कारण आफ्नो पार्टी विभाजन भएको बताए । सभामुख नेम्वाङ्ले विभाजित पार्टीलाई वैधानिकता दिने गरेको महतोको आरोप छ । उनले जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी र फोरमका केही नेताहरु पनि आफ्नो पार्टी फुट्नुमा जिम्मेवार रहेको दाबी गरे ।
संविधानसभा निर्वाचनमा ९ सभासद रहेको महतोसँग अहिले ३ सभासद मात्रै छन् । यसअघि तत्कालिन महासचिव अनिल झाले ४ सभासद सहित संघीय सदभावना पार्टी गठन गरिसकेका छन् । स्वास्थ्य मन्त्री समेत रहेका महतो संविधानसभा यता बेनका सबै मन्त्री मण्डलमा मन्त्री भएका छन् । पार्टीमा जति पटक मन्त्री बन्ने अवसर आए पनि महतोले अरुलाई नदिएपछि पार्टी बाध्य भएर विभाजन गर्नु परेको नयाँ पार्टी खोलेका सभासदहरु बताउँछन् ।
