‘वास्तविक आरक्षण चाहिएको क्षेत्रीलाई हो’

Read Time:1 Minute, 24 Second

संघीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्वको सख्त विरोधी खस क्षेत्री एकता समाजले क्षेत्रीहरुलाई भने आरक्षण माग गरेको छ । समाजका अध्यक्ष युवराज कार्कीले माघ १५ गते इटहरीमा पत्रकार सम्मेलन गरेर क्षेत्रीले आरक्षण नपाए सशक्त आन्दोलन गर्ने धम्की समेत दिए ।

दलित, मुस्लिम, आदिवासी\जनजाति, महिला, मधेशीलाई नभई क्षेत्री पुरुष आरक्षणको पहिलो हकदार भएको क्षेत्री समाजको ठहर छ । रोजगारी लगायतका क्षेत्रमा क्षेत्रीहरु बन्चित भएकाले आन्दोलन  गर्ने तयारी भईरहेको  उनले जानकारी दिए । कार्कीले क्षेत्रीलाई आरक्षण माग गरेपनि ९८ प्रतिशत भन्दा बढी निजामती सेवा लगायत सरकारी निकाय अहिले पनि क्षेत्री वाहुनकै कब्जामा छ ।

क्षेत्रीलाई आरक्षण र रोजगारीमा ग्यारेन्टी गर्नुपर्ने लगायतका माग सरकारले वेवास्ता गरेको कार्कीलेब बताए । पूर्वका १६ जिल्लाबाट सरकारलाई दवाव दिन लागेको उनको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %