बौद्ध मन्त्रालयको माग

Read Time:3 Minute, 32 Second

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले २१३९ औं सोनाम ल्होछार डुक ल्हो र तामाङ बौद्ध सेवा समितिले २८४८ औं डुक ल्होको उपलक्ष्यमा पोखराको मिलनटोल र संगमटोलमा ल्होछार भोज र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।  मिलनटोलमा ह्योल्मो समाजद्धारा आयोजित सामुहिक पि्रति भोज तथा विविध साँस्कृतिक कार्यक्रमको उदघाटन गर्दै नेपाल ह्योल्मो समाजका केन्द्रिय अध्यक्ष दावा घ्योर्मु ह्योल्मोले आदिवासी जनजातिको मौलिक सँस्कृतिको संरक्षण पहिचानको स्थापना र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

विगतमा ह्योल्मोको पहिचान मेटाउने षडयन्त्र भए पनि आदिवासी जनजातिमा सुचिकृत गराउन आफु सफल भएको उनको भनाई छ । प्रमुख अतिथी ह्योल्मोले बौद्धमार्गीहरुलाई गुम्बा व्यवस्थापन समितिको नाममा राज्यले भुलाउने खोजेको आरोप लगाउदै बौद्ध मन्त्रालयको माग गरे  ।

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मो अध्यक्षतामा भएको कार्यक्रममा भारतको कालिङपोङबाट बौद्ध साहित्यमा आठबर्ष अध्ययन गरेर आएका लामा छिरिङ ह्योल्मोलाई सम्मान गरिएको थियो । कार्यक्रममा ह्योल्मो जातिको मौलिक नृत्य स्याब्रुको सिडी सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ह्योल्मो समाज कास्कीका उपाध्यक्ष दिर्जेमान ह्योल्मो पुर्ण ह्योल्मोले मन्तव्य व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय कलाकार डोल्मा ह्योल्मो र स्थानिय कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रमको लामा छिरिङ ह्योल्मोले शान्ति वचन मन्त्रोच्चारण र प्रमुख अतिथी दावा घ्योर्मु ह्योल्मोले दीप प्रज्जलन गरी उद्घाटन गरिएको थियो ।

यसैगरी तामाङ बौद्ध सेवा समितीले संगमटोलमा २८४८ औं सोनाम ल्होछारको उपलक्ष्यमा आयोजित ल्होछार भोज तथा विविध साँस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष कुमबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

बौद्ध सेवा समितिका अध्यक्ष टेकबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुती गरेका थिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %