सेनामा दलित मधेशीका तीन अधिकृत छानिए

Read Time:2 Minute, 34 Second

नेपाली सेनाको अधिकृत क्याडेटमा दलित तथा मधेशीका समावेशी कोटामा जम्मा तीन जना अधिकृत छानिए पछि खुलातर्फका उमेदवारले समावेशी कोटामा नियुक्ति पाउने भएका छन् ।  गत बैशाखमा अधिकृत क्याडेट पदमा विज्ञापन आह्वान गरिएकोमा दलित र मधेशी समुदायबाट माग गरिएको भन्दा कम उमेद्ारले मौका पाउने भएका हुन् ।

केही दिन अघि नेपाली सेनाद्धारा प्रकासित क्याडेट पदको अन्तिम  नतिजामा १६ जनाको माग गरिएकोमा दलित कोटामा दुई  र मधेशी  कोटामा ३१ जना माग गरिएकोमा एक जना मात्र उतिर्ण भएका छन् । सेनामा समावेशीतर्फ आवश्यक संख्यामा उतीर्ण नभएका उक्त पदमा सोही प्रतिस्पर्धाको खुल्ला तर्फको कोटामा गाभिने व्यवस्था छ ।

सेनाका प्रवक्ता सहायक रथी रविन्द्र क्षेत्रीका अनुसार सवै पदका लागि पाँच हजार  तीन सय ६९ जनाले दरखास्त हालेकोमा समावेशी तर्फ एक सय १२ पदका लागि दरखास्त आह्वान गरिएको थियो ।

कुल दरखास्त मध्य खुल्ला तर्फ ३ हजार ९ सय ६२ महिलाका लागि ४ सय २९ पिछडिएका क्षेत्रका लागि ७१ आदिवासी जनजातीका लागि ७ सय ४७ मधेशीका लागि ५५ र दलितका लागि एक सय पाँच जनाको आवेदन परेको थियो ।

सरकारले राज्यको प्रत्येक क्षेत्रमा समावेशिता अवलम्वन गर्ने नीति लिएपछि सेनाले २०६५ सालदेखि कुल रिक्त पदको ४५ प्रतिशत सरकारले तोके बमोजिम समावेशीका कोटा अन्तर्गत भर्ना लिन सुरु गरेको हो । समावेशीका लागि छुट्याएको ४५ प्रतिशतलाई शत प्रतिशत मानेर त्यस मध्ये महिला २० प्रतिशत आदिवासी जनजाती ३२ मधेशी २८ दलित १५ पिछडिएको क्षेत्रका लागि ५ प्रतिशत भर्ना लिने गरेको छ । सेनाको छनौटका लागि लिखित परीक्षा भने लोक सेवा आयोगले लिने गर्दछ ।

गोविन्द लुइँटेल, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %