तामाङ समुदायको ल्होसार सम्पन्न (फोटो फिचर)

Read Time:1 Minute, 40 Second


तामाङ समुदायले मनाउँदै आएको पर्व २८४८ औं डुक ल्होछार सम्पन्न भएको छ ।  विगत तीन दिनदेखि राजधानीमा जारी ल्होछार महोत्वस माघ ११ गते सम्पन्न भएको हो ।

२४४८ डुक ल्होछार तामाङ एकताको पर्वको रुपमा मनाऔं पूर्ण अधिकार सहितको अखण्डित ताम्सालिङको स्थापना गरौं भन्ने नारा रहेको ल्होछारको अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

तस्विर:- एस लिम्बु

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले जनताको ढाड सेक्ने गरी महँगी बढाएपछि विद्यार्थीले गरेको उपत्यका बन्दका कारण टाढाटाढाका तामाङहरु कार्यक्रम उपस्थित हुन सकेन । टुँडिखेल आसपासका तामाङहरु भनेर पैदल हिँडेर कार्यक्रमस्थलसम्म पुगेका थिए ।

यसैवीच माघ १० गते आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री डा भट्टराईले आफ्नो पार्टी र आफू अखण्डित ताम्सालिङ प्रदेशको पक्षमा रहेको बताएका थिए । कार्यक्रममा  नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाले केन्द्रीय सदस्य वीरबहादुर लामा, कबेलबहादुर लामा, रामभक्त बम्जन, कुमार योाजनलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %