नेपाल लोकतान्त्रिक नेवाः सङ्घ राज्यपुर्न संरचना गर्दा १४ प्रदेश बनाउनु पर्ने पक्षमा देखिएको छ । सङ्घको तेस्रो केन्द्रीय कमिटीको बैठकले जातीय पहिचान र सामथ्र्यको आधारमा राज्य पुनःसरचना गर्न माग गरेको हो ।
संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले सर्वसम्मतरुपमा जातीय पहिचान र सामथ्र्यको आधारमा राज्य पुनःसरचना गर्न सीमाङ्कन गरी पारित गरेको १४ प्रदेशलाई पारित गर्न आफ्नो पार्टी नेकपा एमालेलाई दवाव दिने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कृष्णबहादुर घजुले नेवार जातिभित्र दलित नभएको भनी टुङ्गिसकेको विषयलाई पुनः बल्झाई नेवार समुदायमा विभाजन ल्याउन भइरहेको षड्यन्त्र दुखद भएको उल्लेख गरे । पछिल्लो समय एमालेमा रहेका जनजातिहरु पनि जातीय अधिकारको विषयमा खुल्न थालेका छन् ।
