महँगी बढाउने भट्टराई सरकारविरुद्ध अर्धनग्न जुलुस

Read Time:1 Minute, 30 Second

अनपेक्षित रुपमा पेट्रोलियम पदार्थको भाउ बढाएको बिरोधमा पाल्पाका बिधार्थीहरुले अर्धनग्न जुलुस निकालेर बिरोध जनाएका छन् । त्रिभुवन बहुमुखि क्याम्पसको प्राङ्गढबाट माघ ८ गते बेलुकी ५ बजे निश्किएको अर्धनग्न जुलुस सहितको बिधार्थीको र्यालीले तानसेनको बिभिन्न भागको परिक्रमा गरी सितलपार्टी्रमा कोण सभा गरेको हो । महिला बिधार्थीसमेत रहेको र्यालीमा पुरुषहरुले मात्रै कम्मर माथिको सबै कपडा उतारेका थिए ।

सभामा बोल्दै विद्यार्थी नेताहरुले तत्काल मुल्य बृद्धि फिर्ता नगरे जनतालाई समेत सडकमा ओरोलेर कडा आन्दोलने थाल्ने बताए । तानसेनमा पहिलो पटक बिधार्थीहरुले अर्धनग्न आन्दोलन गरेका हुन् । अत्यधिक चिसो भएपनि उनीहरु झण्डै १ घण्टा अर्धनग्न भएर सडमा थिए । प्रधानमन्त्री भट्टराईकै पार्टीको भातृसंगठन अखिल क्रान्तिकारी सहित अनेरास्वबियु नेबिसंघ अखिल छैटौका  लगायतका विद्यार्थी संगठनहरु विरोधमा उत्रेका हुन ।

देव पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %