आफ्नाे भाषा र पहिचान जति माया लाग्छ अरूलाई पनि उसकाे भाषा र पहिचान त्यतिकै माया लाग्छ

Read Time:9 Minute, 10 Second

-पूर्ण बहादुर राना

काङ्ग्रेस, एमाले र माओवादी(नेकपा)मा बसेकाहरू पनि आफ्नै अस्तित्व गुमाएर अचाक्लि दास नबनाैं । यहि चाल हाे भने एक दिन डाईनाेसर अवश्य बन्नेछ ।

गण्डकी प्रदेश तनहुँ जिल्ला रिसिङ(ऋषिङ) गाउँपालिकामा कुनकुन ठाउँको नामहरू विकृत पारिएको छ । हेराैं ।

(१) “रिसिङ” शब्दलाई जबरजस्त “ऋषिङ” बनाएको छ । “ऋषिङ” शब्द “ऋषि” बाट लिएकाे हाे । रिसिङकाे अर्थ “रि” एक किसिमकाे लहरा भएकाे बनस्पति हाे । र त्याे सुकेपछि “सिङ” हुन्छ अर्थात दाउरा हुन्छ । भाेट बर्मेली भाषा वा मगर भाषामा सिङ भनेकाे दाउरा वा काठ हाे ।

एकपटक रिसिङ गाउँमा केटीहरू गाउँबाट डाेकाे नाम्लाे र हँसिया खुर्पेटाे बाेकेर कतै जान निस्केका रहेछन् । त्यतिनै बेला अर्काे गाउँका केटाहरूकाे भेट ती तरूनिहरूसँग भएछ । अनि मगर भाषामा ती तन्नेरीहरूले साेधेछन्; “कुलाक नुहुके आले भान्जी?” (कता जाने हाे भान्जि)? अनि तरूनिहरूले मगर भाषामै जवाफ दिएछन् ; “रिसिङ गाेहाेके नुहुङ्के मामै(रिसिङ(लहरे दाउरा) तुल्याउन जाने मामा) । भनेर भनेछन् । पछि त्यहि गाउँकाे नाम रिसिङ भएछ ।

मगर समुदायमा बिहे नभएका अनजान तरूनिलाई भान्जी भन्ने चलन छ भने अनजान वा अपरिचित पुरूषलाई मामा भन्ने चलन छ ।

(२) सिमलसाेरा

गाउँपालिका वडा नं. २ चैनपुर स्थित “सिमलसाेरा” भन्ने ठाउँकाे नाम “सिमनाथ” बनाएको छ । मगर भाषामा सिमल+साेरा मिलेर सिमलसाेरा भएको हाे । सिमलकाे अर्थ सिमलकाे रूख र साेराकाे अर्थ मिलेकाे ढुम्सिलाे वा सम्म परेकाे ठाउँ भन्ने हुन्छ । तर अहिले “सिम+नाथ”= सिमनाथ बनाएको छ ।

(३) ढाकारदी खाेला
ढाकारदि खाेलालाई ढाक्रे खाेला बनाएको छ । मगर भाषामा ढाकार+डी मिलेर ढाकारडी भएको । ढाकारदीकाे अर्थ सुसाउँदै वा स्वाँस्वाँ र स्याँस्याँ गर्दै बगेकाे पानी भन्ने हुन्छ । तर अहिले ढाकार काे ठाउँमा डाेके वा ढाक्रे शब्द प्रयाेग गरेकाे छ ।

(४) डीबल थान

“डीबल थान” लाई अहिले “दिपवल नाथ” बनाएको छ । त्यहाँका बुढापाका र तन्नेरी बालबच्चा सबैले डीबल थान भन्छन् । तर अहिले फेरि कथित पढेका र राजनीति गरि टाेपलिएकाहरूले दिपवल नाथ बनाएको छ । यसरी प्राचीन स्थाननाम बिगार्न सँस्कृतकरण गर्नु बैमानि हाे ।

अहिलेसम्म यस रिसिङ गाउँपालिकाका मानिसहरू बेहाेसमै छन् । उनिहरू बाउबाजे देखिकाे काङ्ग्रेस एमाले र माओवादी भनेर गर्व गरिरहेका छन् । हाम्राे ठूलाे पार्टी भनेर उनिहरू खस्राे भ्यागुता र काेब्रा सर्पझैं फुल्लिहेका छन् ।
मनुवादीहरूले प्राचीन समयदेखि मगर भाषामा रहेकाे ठाउँकाे नामलाई सँस्कृतकरण गरेका छन् । जहाँ पनि “-नाथ” र -श्वर” थप्ने काम र तपाेभुमि भन्ने भाष्य त्याग्नुपर्छ । कति थप्ने “-नाथ” शब्द हामीले यस्ता शब्दहरू बग्रेल्ती भेटिन्छ । जस्तै बाैद्धनाथ, स्वयंभुनाथ, पशुपतिनाथ, मुक्तिनाथ आदि आदि ।

“-श्वर” थपिएकाे काेटेश्वर, कुलेश्वर, बानेश्वर, ज्ञानेश्वर, त्रिपुरेश्वर आदि आदि । हुँदाहुँदै “वीर अस्पताल” अगाडि मन्दिर बनाएर “वीरेश्वर” बनाएको छ । अति गर अत्याचार नगर भन्छ ।

अहिले त मगर समाज भ्रममा छन् । मगरहरू खस भाषा बाेल्न जाने धनी, ज्ञानी र महान सभ्य, शहरिया हुन्छ भन्ने ठान्छन् । त्यसैले उनिहरूले आफ्नो बच्चालाई मगर भाषा सिकाउन छाडेका छन् । भाषा विज्ञानको आधारमा भाषा समान हुन्छ । भाषा बनाउन हजाराैं लाखाैं वर्ष लाग्छ । याे पुर्वपश्चिम १० लेन सडक र पुल बनाए जस्ताे हाेईन । तपाईं हामीले ५/५ तलाकाे २५ काेठे घर बनाए जस्ताे सजिलै बन्ने चिज हाेईन ।

अहिले काठमाडौंमा नयाँबजारकाे नाम खुशिबु नामाकरणलाई अघि बढाएकाे छ । नेवार भाषामा खु काे अर्थ खाेला र शिबुकाे अर्थ खेत हुन्छ । अर्थात खुशिबुकाे अर्थ खाेलाखेत हुन्छ ।

सबैकाे पहिचान ख्याल गराैं । नबुझेसम्म कसैले आफ्नो पहिचान बिगारेपनि चुप लाग्छन् तर जब बुझ्छन् अनि त्यहाँ घृणा जाग्छ । जब घृणा जाग्छ त्यसपछि विद्राेह हुन्छ । याे अवस्था ल्याउन कसैले काेसिस नगराेस । जानिबुझि आफ्नो एकल पहिचान स्थापित गर्न पछि नपराैं । प्रशासनिक कलम चल्याे भनेर जतापनि आफ्नो एकल पहिचान स्थापित नगराैं । आफ्नो भाषा जति माया लाग्छ अरूलाई पनि उनिहरूकाे आफ्नो भाषा पनि त्यतिकै माया लाग्छ । धर्म, सँस्कार र सँस्कृतिमा पनि यहि कुरा लागू हुन्छ ।

प्रायः ठाउँकाे नाम परिवर्तन यी कारणले हुन्छ ।
१) उपनिवेशकालीन प्रभाव हटाउन
२) स्थानीय भाषा र उच्चारण मान्यता दिन
३) सांस्कृतिक/ऐतिहासिक पहिचान मजबुत बनाउन
४) राजनीतिक परिवर्तनपछि

सबैभन्दा धेरै नाम परिवर्तन भएका देशमध्ये भारत एक हाे ।

(१) भारत

बम्बई → मुम्बई
मद्रास → चेन्नई
कलकत्ता → कोलकाता
बंगलोर → बेङ्गलुरु
मैसूर → मैसूरु
त्रिवेन्द्रम → तिरुवनन्तपुरम्
कोचिन → कोच्चि
इलाहाबाद → प्रयागराज
फैजाबाद → अयोध्या

कारण: अंग्रेजी उच्चारण हटाएर स्थानीय भाषा र सांस्कृतिक पहिचान बलियो बनाउने।

(२) श्रीलंका
सिलोन (Ceylon) → श्रीलंका
कोलम्बो वरिपरिका धेरै ठाउँका अंग्रेजी नाम परिवर्तन
उपनिवेशकालीन (ब्रिटिश) नाम हटाउन।

(३) म्यानमार (बर्मा)
बर्मा → म्यानमार
रंगून → याङ्गुन
पेगु → बागो

स्वदेशी उच्चारण र जातीय समावेशिताको कारण।

(४) थाइल्याण्ड
सियाम → थाइल्याण्ड

“थाइ” जातीय पहिचानलाई केन्द्रमा राख्न।

(५) चीन
पेकिङ → बेइजिङ
क्यान्टन → ग्वाङ्झाउ
नान्किङ → नान्जिङ

पश्चिमी उच्चारण हटाएर पिनयिन (चिनियाँ मानक लिपि) अनुसार।

(६) भियतनाम
साइगोन → हो ची मिन्ह सिटी
#क्रान्तिकारी नेता हो ची मिन्हको सम्मानमा।

(७) जिम्बाब्वे
रोडेसिया → जिम्बाब्वे
सालिसबरी → हरारे

उपनिवेशवादी नाम हटाएर अफ्रिकी पहिचान।

(८) घाना
गोल्ड कोस्ट → घाना

उपनिवेशकालीन नाम त्याग।

(९) टर्की
कन्स्टान्टिनोपल → इस्तानबुल
एङ्गोरा → अंकारा

आधुनिक टर्की पहिचान र टर्किस उच्चारणअनुसार।

(१०) इरान
पर्सिया → इरान

देशको स्वनाम (Endonym) प्रयोग।

(११) रूस
लेनिनग्राद → सेन्ट पिटर्सबर्ग
स्टालिनग्राद → भोल्गोग्राद

राजनीतिक परिवर्तनपछि नाम परिवर्तन।

निष्कर्ष:

नेपालमा पनि यसरी नाम परिवर्तन धेरै ठाउँको भएको छ । जस्तै राजनीतिक घटनापछि

गाउँपञ्चायतबाट गाउँविकास र गाउँविकासबाट गाउँपालिका

रत्नपार्क लाई शंखधर साख्वा पार्क

कलंकी लाई लाेकतान्त्रिक चाेक

शाही नेपाल वायुसेवा निगम(RNAC)

नेपाल वायुसेवा निगम(NAC)

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *