तनहुँमा हुन गईरहेको नेपाल मगर विद्यार्थी सँघको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३, १४ र १५ गते हुन लागेको महाधिवेशन सम्बन्धी तयारी लगभग पुरा भईसकेको आयोजकले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।
विद्यार्थीहरुको सातौं महाधिवेशनमा देशभरीबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुले सहभागिता जनाउने भएका छन् । पुस १५ र १६ गते बसेको संघको वैठकले बागमतीबाट ५०, गण्डकीबाट २८, राप्तीबाट ४५, भेरीबाट ३०, नारायणीबाट ४२, लुम्बीनिबाट ४८, जनकपुरबाट ४८, धौलागिरीबाट ४०, कर्णालीबाट ५, सेतीबाट १५, महाकालीबाट ७, मेची, कोशी र सगरमाथाबाट ४५ प्रतिनिधिले भाग लिन पाउने निर्णय गरेको छ ।
