भट्टराई सरकारको राहत, नेपाली जनतालाई आहत

Read Time:1 Minute, 36 Second

सरकार गठन हुँदा महँगी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिने कसम खाएको बाबुराम भट्टराईले पटक पटक महँगी बढाउने निर्णय लिएपछि यसको चौतर्फी विरोध भएको छ । सरकारले  माघ ४ गते पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि विभिन्न दलसम्बद्ध युवा विद्यार्थी र केही राजनीतिक दलले समेत यसको विरोध गरेको हो ।

प्रधानमन्त्री भट्टराईकै पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले समेत सडक संघर्ष गर्ने घोषणा गरेको छ । सरकारले २४ घण्टाभित्र मुल्य बृद्धि फिर्ता नलिए काठमाडौं बन्द गर्ने आठ विद्यार्थी संगठनको निर्णय छ ।

सरकारले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर रु १७६, पेट्रोलमा प्रति लिटर रु १० तथा डिजल र मट्टितेलमा प्रति लिटर रु ९ बृद्धि गर्ने सरकारी निर्णयको चारैतिरबाट विरोध भएको हो । जनतालाई राहत दिन्छु भनेका प्रधानमन्त्री भट्टराईले मंहगीमा बढाउनमा पनि कृतिमानी कायम गरेका छन् । यसअघि एकै पटक यति धेरै मूल्य बृद्धि भएको थिएन । भट्टराई सरकार आएपछि जनताले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु १५०० तिर्नु पर्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %