गोर्खालीलाई ‘युज एण्ड थ्रो’ गर्न पाइन्छ ?

Read Time:2 Minute, 18 Second

नेपालीलाई जागिर खान भन्दा पनि  आफ्नो स्वार्थ सिद्ध गर्नका लागि बेलायतले आफ्नो सेनामा भर्ना लिने गरेको जगजाहेर छ । पछिल्लो पटक ४०० गोर्खालीलाई नेपाल पठाउने निर्णयले बेलायतको स्वार्थी अनुहार पुन उदाङ्गिएको छ । विश्व युद्धताका संसार थर्काएका बहादुर नेपालीहरु यतिबेला बेलायतका लागि ‘युजलेस’ हुनुको मुख्य कारण लडाई नहुनु हो ।

अर्को कारण मेन भसे्रस मेनबाट लडाई मेन भसे्रस टेक्नोलोजी हुनु हो । हजारौं सामान्य सेना भन्दा एक जना अत्याधुनिक हतियार र सूचना प्रविधिले सुसज्जित सेना रणभूमिमा बलवान सावित हुन्छ भन्ने मान्यताले गर्दा गोर्खालीहरुलाई बेलायतले जागिरबाट निकाल्न थालेको हो । कतिपयले पूर्व गोर्खाहरुको आन्दोलनलाई पनि सैन्य कटौतीको कारक मानेका छन् ।

माघ ३ गते नेपालस्थित बेलायती दूतावासले जनाए अनुसार बेलायती सेनामा हाल कार्यरत २९०० मध्येबाट ४०० सेनजा कटौती गर्न लागिएको हो । बेलायती रक्षा मन्त्रालयको रक्षा खर्च कटौती नीतिअनुरुप नै सन् २००७ देखि बि्रगेड अफ गुर्खाजबाट सैनिक कटौती थालिएको थियो ।

युज एण्ड थ्रो गर् यो भनेर हुन सक्ने संभावित विरोधबाट बच्न पदमुक्त हुने सैनिकका लागि पुनस्र्थापना कार्यक्रम साचालन गरिने आश्वासन दिएको छ । गोर्खालीहरु अब बेलायती सेनामा भर्ती हुन पर्छ की पर्दैन भन्ने विषयमा बहस हुन सक्ला तर लडाईको बेलामा प्रयोग गरेका नेपालीलाई मनलागी तरिकाले घर पठाउनु भने न्यायसँगत हुँदै होइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %