‘लुम्बिनी राज्य समिति’ घोषणाको तयारी

Read Time:1 Minute, 15 Second

राष्ट्रिय जनमुक्ति पार्टीले माघ ६ गते ‘लुम्बिनी राज्य समिति’ घोषणा गर्ने तयारी गरेको छ । रुपन्देहीको भैरहवाबाट रुपन्देही नवलपरासी र कपिलवस्तु जिल्ललाई समेटेर लुम्बिनी राज्य समिति घोषणा गर्न लागिएको सो पार्टीका महासचिव केशव सूर्यवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । समिति घोषणाको विषयमा माघ ४ गते भैरहवामा शुरु संघीय परिषद वैठकमा पनि छलफल भएको उनले जानकारी दिए ।

आफूहरुले पार्टीको २२ औं स्थापना दिवसको अवसर पारेर राज्य समिति घोषणा गर्न लागेको महासचिव सूर्यवंशीले बताए । वैठकले स्थायी समितिले सिफारिस गरेको १३ संघीय परिषद सदस्य र २ स्थायी समितिको नाम अनुमोदन गरेको छ । वैठकमा आगामी फागुनमा हुन गइरहेको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यदिशाको बारेमा छलफल शुरु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %