-पूर्ण बहादुर राना
१) विकासवादी पार्टी –
राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम सँस्कृति पार्टी, उज्यालो नेपाल पार्टी- यि पार्टीहरूले आफुलाई विकासप्रेमि र विकासवादी पार्टी ठान्छन् । आफ्नो खेतबारी बाँझाे राखेर विदेशबाट चामल, तेल, तरकारी, खाद्यान्न, माछामासु र फलफुल किनेर खान्छन् । अनि विकास गर्छु भन्छन् ।
२) पूँजिवादी प्रतिस्पर्धात्मक लाेकतान्त्रिक पार्टी – नेपाली
काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी
चुनावमा प्रतिस्पर्धामा आउनकाे लागि अपिल गर्ने पार्टी काङ्ग्रेस र राप्रपा जस्ता पार्टी हुन् । राउटे, कुसुन्डा, मुसहर जातिले कहिले राजदुत, अधिकृत र मुख्य सचिवमा प्रतिस्पर्धा गर्ने? अरू त अरू आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला र दलित अनि विपन्न खस आर्यले कहिले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने?
मूलतः आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला र दलित हरू राष्ट्रिय जातिकाे रूप ग्रहण गरिसकेको छैन् भन्ने भाष्य सत्ताधारि मनुवादिहरूले गर्छन् । अनि यसैकाे लहैलहैमा आदिवासी अनुहारले पार्टी चलाए आदिवासीकाे मात्रै पार्टी हुन्छ । जस्तै अध्यक्ष केपि पालुङ्वा लिम्बूले नेतृत्व गरेकाे पार्टी नेपाल जनमुक्ति पार्टीमा अन्य समुदाय आउन हच्किरहेकाे देखिन्छ । अनि जनमत पार्टीका नेता सिके रावत र उपेन्द्र यादव बिचमै फरक देख्छन् मधेसीले अरूकाे त के कुरा गर्ने?
कालान्तरमा याे राेगकाे सिकार हर्क साम्पाङ राई र कुलमान घिसिङहरू पर्ने संभावना छँदैछ । दलित समुदायबाट विश्वेन्द्र पासवानले चलाएको पार्टीमा अन्य समुदाय समाहित हुन अप्ठ्यारो मानेकाे अवस्था छ । राजेन्द्र महताेले संचालन गरेकाे पार्टी राष्ट्रिय मुक्ति पार्टीमा अन्य समुदायहरू लाग्ने संभावना न्युन छ ।
भन्न नमिल्ने हाे तर भन्नै पर्छ । यहाँ राष्ट्रिय पार्टी हुनकाे लागि ब्राह्मण साथिहरूले नेतृत्व गरेकाे पार्टीले मात्रै मान्यता पाउँछ । जबकि ती पार्टीहरूमा एकै समुदायका केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति अनि भातृ संगठनमा बर्चस्व छ तर त्यसकाे भेउ दलित, मधेसी, मुस्लिम र आदिवासीले पाउँदैनन् ।
संक्षेपमा भन्दा याे मुलुकमा क्षेत्रीय र जातीय चिन्तनले ग्रस्त जनता छन् । प्रष्ट भन्दा उत्पिडित मधेसीकाे नेतृत्व उत्पिडित पहाडीयाले नस्विकार्ने र उत्पिडित पहाडियाकाे नेतृत्व उत्पिडित मधेसीले नस्विकार्ने अवस्था छ । अनि सत्ताधारी जातिले कहिले स्विकार्ने? याे नै तिताे सत्य हाे ।
यस्ताे विषम परिस्थितिमा काङ्ग्रेसले अबलम्बन गरेकाे पा
प्रतिस्पर्धात्मक राजनीतिमा दलितले प्रत्यक्ष चुनाव कसरी जितेर आउने? मधेसी, मुस्लिम र आदिवासीले कसरी चुनाव जितेर आउने । प्रतिस्पर्धात्मक निर्वाचन भनेकाे उत्पिडित समुदायलाई डाईनाेसर बनाउने मेसाे हाे ।
३) साम्यवादी पार्टी
तर नेताहरू कुलिनतन्त्रले ग्रस्त-
एमाले, माओवादी, जनमाेर्चा (मैले कुनै पनि कम्युनिस्ट नेता र कार्यकर्ताहरू साम्यवादि साेंचकाे देखेकाे छुईन । अति विपन्न र गरिब जनताले दुई छाक गुन्द्रुक र आँटाेढिडाेखान नसकेसम्म म मासुभात खान्न तर तातोपानीमा नुन र एक मुठि पिठाे हालेर खाेले खाएर बस्छु भन्ने कम्युनिस्ट नेता देख्या छैन । जनताहरू भुँईमा पराल ओछ्याएर मान्द्राे र गुन्द्रि ओढेर सुतुन्जेल म पनि चिसाे भुँईमा गुन्द्री ओछ्याएर एकसराे बर्काे ओढेर सुत्छु भन्ने एमाले, माओवादी र अन्य कम्युनिस्ट पार्टीको नेता देख्या छुईन । गरिब जनताले साईकल किन्न नसकेसम्म म खराउ लगाएर वा खालि खुट्टाले हिंड्छु भन्ने कम्युनिस्ट नेता मैले भेटेकाे छैन । नेपाललाई आत्म निर्भर बनाउन घाेडा पालेर घाेडामा हिंड्छु वा सस्ताे साईकलमा हिंड्छु भन्ने कम्युनिस्ट नेता मैले चिनेकाे छैन् ।
४) अधिकार सहितकाे विकासवादी र सहअस्तित्व पार्टी
नेपाल जनमुक्ति पार्टीकाे नीति, सिद्धान्त, बिचार र दर्शन सबै जाति, समुदाय र सबै नेपाली जनताकाे अस्तित्व र सहअस्तित्व स्विकार्दै सबैकाे राज्यसत्तामा प्रतिनिधित्वकाे ग्यारेन्टी गर्ने बिचारधारा बाेकेकाे पार्टी हाे । संक्षेपमा भन्दा नेपाल जनमुक्ति पार्टी अधिकार सहितकाे विकास चाहान्छ । विकास विराेधि काेहि छैनन् । युवायुवती मात्रै हाेईन ७०/८० वर्ष कटेका मानिस पनि मिठाे खाने, राम्रो लगाउने, सुन र हिराका गहना लगाउने, आईफाेन लिने, चिल्लो घरमा बस्ने, कार र जहाजमा चढेर देशविदेश घुम्ने रहर सबैलाई छ । त्यसैले फलानाे विकासप्रेमि फलानाे हाेईन भन्नू भ्रम हाे । सबै विकासप्रेमि नै हुन् ।
जनमुक्ति विचारधाराले सबैकाे भाषालाई सम्मान गर्छ । त्यसैले नेपालमा रहेका १२४ भाषाहरू समान छन् । कुनै पनि भाषा सानाे ठूलो छैन । सबैकाे मातृभाषामा कक्षा प्लेग्रुप वा नर्सरी र कक्षा १ देखि विश्वविद्यालय तहसम्म पठनपाठन गराउनु पर्छ, सबै मातृभाषालाई सरकारी कामकाजिकाे भाषा र सञ्चारकाे भाषा बनाउनु पर्छ भन्ने निति अंगिकार गरेकाे छ ।
(क) मासुकाे सँस्कार
कसैलाई खसिकाे मासु देख्दा र्याल चुहुन्छ भने खसिकाे मासु खान देउ । कसैलाई भैंसि र राँगाकाे मासु देख्दा र्याल चुहुन्छ भने भैंसि र राँगाकाे मासु खान देउ । खसी खानेले भैैसि र राँगा खानेलाई नहेप । अनि भैैसि र राँगा खानेले खसी खानेलाई नहेप भन्ने हाे ।
सुँगुर र बंगुरकाे मासु देख्दा र्याल चुहुनेलाई सुँगुर र बंगुरकै मासु खान देउ । भेडा र च्याङ्ग्राकाे मासु देख्दत र्याल चुहुनेलाई भेंडा र च्याङ्ग्राकै मासु खान देउ । मासु नखानेलाई नखान देउ भन्ने हाे ।
(ख) धर्म बारे
किरात धर्म मान्नेलाई किरात मान्न देउ । हिन्दु धर्म मान्नेलाई हिन्दु धर्म मान्न देउ । बुद्ध धर्म मान्नेलाई बुद्ध धर्म मान्न देउ । मुस्लिम धर्म मान्नेलाई मुस्लिम धर्म मान्न देउ । क्रिस्चियन धर्म मान्नेलाई क्रिश्चियन धर्म मान्न देउ । सिख मान्नेलाई सिख धर्म मान्न देउ । धर्म नमान्नेलाई नमान्न देउ । अझ नयाँ धर्म प्रतिपादन गर्न सक्नेलाई नयाँ धर्म प्रतिपादन गर्न देउ भन्ने नै हाे ।
(ग) पहिरनकाे सँस्कार ।
धाेति लगाउनेलाई धाेति लगाउन देउ । बख्खु लगाउनेलाई बख्खु लगाउन देउ । कछाड, भाङ्ग्रा र दाैरासुरूवाल लगाउनेलाई कछाड, भाङ्ग्रा र दाैरासुरूवाल
अ) नेवार (Newar) जातिका महिलाले: हाकुपाटासी, हाँगु, तातिन र पुरुषले: पाञ्चे/कछाड (Newari style), टोपि, जामा लगाउँछ त्यहि लगाउन देउ ।
आ) गुरुङ (Gurung / Tamu) जातिका महिलाले: फ्याङ्ले चोली, मेल्चा (चाेलो), लुङ्गी/घाँघ्रो, खाडी (सिरक) र पुरुषले: भोटो, कछाड, ग्याब्रु, टोपी (गुरुङ टोपी) लगाउँछन् । त्यहि लगाउन देउ ।
इ) मगर (Magar) जातिका महिलाले: चोली, फेत/फरीया (स्कर्ट), गलेकोटी र पुरुषले: भोटो, कछाड, मगर टोपी, खोखो लगाउँछन् । त्यहि लगाउन देउ ।
ई) तमाङ (Tamang) जातिका महिलाले: गुन्यु (गर्कुटी), लाक्षा, झोवा, आभूषण “साङ्लो” र पुरुषले: भोटो, कछाड, कोट, टोपी (तमाङ टोपी)
उ) राई (Rai) / किरात जातिका महिलाले: पोते-घाग्री, चोली, मेखाली (बेल्ट), धोतिलाई मेखाली बाँध्ने र पुरुषले: कछाड, भोटो, बाङ्गा कोट, राई टोपी लगाउँछन् । त्यहि लगाउन देउ ।
ऊ) लिम्बु (Limbu / Yakthung) जातिका महिलाले ु: मेकली (लुङ्गी), सेला/टेम्बा (काँधमा ओढ्ने), चोली र पुरुषले: फेटा, धोती/कछाड, लिम्बु कोट, खोकरा लगाउँछन् । त्यहि लगाउन देउ ।
ए) छन्त्याल (Chhantyal) जातिका महिलाले: पटुका, चोली, फरीया र पुरुषले: कछाड, भोटो, छन्त्याल टोपी लगाउँछन् । त्यहि लगाउन देउ ।
ऐ) थारु (Tharu) जातिका महिलाले: लघरी (Skirt), कुरिया, पैजनी (सिङ्गार), तहरा र पुरुषले: धोती, बान्दा, काठको गहना लगाउँछन् । त्यहि लगाउन देउ ।
ऋ) शेर्पा (Sherpa) जातिका महिलाले: बाकु (लामो फरिया/वान्ग्रा), तेंग्या (एप्रन), साङ्ग्ला र पुरुषले: चुबा, कछाड, टोपी लगाउँछन् । त्यहि लगाउन देउ ।।
ओ) राजपूत/मधेसी समुदायका महिलाले: साडी, लहंगा-चोली र पुरुषले: धोती-कुर्ता, पगडी लगाउँछन् । त्यहि लगाउन देउ ।
अाै) ब्राह्मण/क्षत्री समुदायका महिलाले: साडी/गुन्यु चोली र
पुरुषले: दौरा–सुरुवाल, नेपाली टोपी लगाउँछन् । त्यहि लगाउन देउ ।
अं) मुसलमान (Muslim / Madhesi Muslim) समुदायका महिलाले: बुर्का, सलवार-कुर्ता र पुरुषले: कुर्ता-पाइजा र टोपी लगाउँछन् । त्यहि लगाउन देउ ।
आदि आदि समुदायको आ-आफ्नो पहिरन विद्यालय, विश्वविद्यालय, सरकारि कार्यालय, सांसद र मन्त्री पदमा बाहल हुँदा लगाउन पाउनु पर्छ भन्ने हाे ।
(घ) उत्पदनमा बारे
नेपालमा हामी नेपालीहरू नत खाद्यान्न, तरकारी, माछामासु उत्पादन गरेर बेच्छाैं । नत सुचनाप्रविधि र साेसल नेटवर्क उत्पादन गरेर बेच्छाैं । नत अाैषधि र लत्ताकपडा उत्पादन गरेर बेच्छाैं । नत यातायातका साधन, हातहतियार र ईलेक्ट्राेनिक ग्याजेट उत्पादन गरेर बेच्छाैं । यी सबै उत्पादन गर्ने हाे भने जडिबुटी, खनिज, पानी, जवानी, पर्यटन सबै विकास हुन्छ ।
झण्ड नेपालीहरूले बच्चा उत्पादन गरेर साउदि, मलेसिया, ईण्डिया, अमेरिका, जापान, काेरिया, क्यानाडा, अष्ट्रेलिया आदि देशमा बन्धक बनाएर बेचिरहेका छन् । बच्चा उत्पादन पनि बुद्धि लगाएर गरणनुपर्ने भए बच्चाहरू जन्मिने नै थिएन हाेला । झण्ड प्रकृति वा भगवानकाे सहायताले शारीरिक सम्पर्क गर्दा जन्मने भएर मात्रै हाे । नत्र कम्ती दु:ख पाउने थिएन नेपालीहरूले ।
तसर्थ नेपाल जनमुक्ति पार्टी अधिकार सहितको विकास चाहान्छ ।
