मगर अध्ययन केन्द्रको नवौं साधारणसभा यहि माघ १६ गते हुने भएको छ । साधारणसभा विहान ११ बजेदेखि स्टाफ कलेजमा शुरु हुने केन्द्रका महासचिव गुप्तबहादुर राना मगरले राज्यसत्ता डटकमलाई बताएका छन् ।
साधारणसभाबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । मगरहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापित केन्द्रलाई थप प्रभावकारी बनाउन साधारणसभाले नयाँ उर्जा दिने अपेक्षा गरिएको छ ।
