
काठमाडौंमा मगर सक्राति पर्व धुमधामसँग मनाइयो । नेपाल मगर संघको आयोजनामा माघ १ गते ललितपुरस्थित म्याग्दी मगर समाजको भवनमा मगर सक्राति मनाइएको हो ।
मगर सक्रातिको पर्वको अवसरमा आयोजित कार्यक्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रमुख अतिथि रहेका थिए । उनले निर्धारित मितिमा संविधान लेखिए मात्रै मगर लगायत सम्पूर्ण आदिवासी जनजातिहरुको अधिकार स्थापित हुने धारणा राखे । मगर सक्रातिको अवसरमा मगर तथा गैरमगरहरुलाई नेम्वाङ्गले शुभकामना दिए ।

मगर संघका अध्यक्ष महेन्द्र थापा मगरले मगर सक्राति पर्वले सम्पूर्ण मगरहरुलाई एकताबद्ध भएर जातीय अधिकारका लागि लड्न प्रेरणा दिने बताए । संघका महासचिव नविन रोका मगरले कार्यक्रमको उदघोषण गरेका थिए । विभिन्न साँस्कृति प्रस्तुति रहेको कार्यक्रममा तारो हान्ने प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
तिलिसरा राना मगर, ललितपुर

तस्विर: तिलिसरा राना मगर

तस्विर: तिलिसरा राना मगर



तस्विर: तिलिसरा राना मगर


तस्विर: तिलिसरा राना मगर
