विश्व शक्ति राष्ट्र चीनका प्रधानमन्त्री वेन जियाबाओको पाँच घण्टे नेपाल भ्रमण सम्पन्न भएको छ । हल्ला खल्ला नगरी पुस ३० गते विहान ११ काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुगेका वेनले प्रधानमन्त्री डा बाबुराम भट्टराई राष्ट्रपति डा रामवरण यादव सत्तारुढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् भने यसवीचमा महत्वपूर्ण आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राज्यसत्ता काठमाडौं ब्यूरो
प्रधानमन्त्री वेनको औपचारिक सदभावना भ्रमण नेपाल-चीन सम्बन्ध सुदृढीकरणमा कोशेढुङ्गा साबित भएको सरकारको भनाई छ । चिनियाँ प्रधानमन्त्रीको भ्रमणपछि विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकका प्रधानमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ता तथा आर्थिक सहयोग द्विपक्षीय सम्बन्धमा कोशेढुँगा भएको उल्लेख गरे । ‘शान्ति प्रकि्रया शीघ्र टुङ्गिएर संविधान जारी भई आर्थिक विकासको पथमा नेपाल अघि बढोस् जसलाई थप गति दिन चीन तयार रहनेछु’ -चिनियाँ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
नेपालका शीर्ष नेताहरुले साझा सहमतिका आधारमा शान्ति र संविधानका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति चीनलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् समर्थन अपरिहार्य हुने धारणा व्यक्त गरेको उपप्रधान एवम् परराष्ट्रमन्त्रीले जानकारी दिए ।
६ खर्ब अनुदान
चीनले नेपालको भौतिक पूर्वाधार विकासका लागि रु ६ खर्ब ३ अर्ब ७५ करोड अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री डा बाबुराम भट्टराई र चीनका प्रधानमन्त्री वेन जिआबाओबीच पुस ३० गते भएको द्विपक्षीय उच्च वार्ताका क्रममा चीनले उक्त रकम प्रदान गर्न सहमति जनाएको हो ।
प्रधानममन्त्रीका साचार सल्लाहकार रामरिझन यादवका अनुसार प्रधानमन्त्री डा भट्टराईले चिनियाँ प्रधानमन्त्रीलाई नेपालमा जारी शान्ति प्रकि्रया र संविधान लेखनबारे जानकारी गराएका थितए ।

आठ सम्झौता
दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठवटा सम्झौतामा हस्ताक्षर भएको छ । आज हस्ताक्षरित सम्झौताहरुमा नेपाल-चीन सीमा क्षेत्रमा सुख्खा बन्दरगाह व्यवस्थापन सीमा क्षेत्रका बासिन्दाले चरण क्षेत्रको उपयोग गर्न पाउने सुविधा दुवै मुलुकका विदेश मन्त्रालयबीच सहयोग आदानप्रदान रहेका छन् । ती सम्झौतामा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए ।
आर्थिक तथा प्राविधिक सहयोग प्रवद्र्धन सशस्त्र प्रहरी बलका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गृह मन्त्रालयमार्फत प्रदान गर्ने गरी नेपाल प्रहरीलाई आवश्यक उपकरणलगायत भौतिक सामग्री प्रदानसम्बन्धी तीन बेग्लाबेग्लै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अर्थमन्त्रीले हस्ताक्षर गरे । सांस्कृतिक आदानप्रदान तथा ऋण व्यवस्थापनका लागि संयन्त्र खडा गर्नेसम्बन्धी एक सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
तस्विरहरु: दिनेश श्रेष्ठ
मा पाँच घण्टा नेपालमा रहेका चिनियाँ प्रधानमन्त्री बेनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा बाबुराम भट्टराई, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रस सभापति कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सुवासचन्द्र नेम्वाङ, महन्थ ठाकुर लगायतसँग सामुहिक भेटघाट गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिँहदरबारसम्मको सडकमा सार्वजनिक यातायात आवतजावतमा रोक लगाइएको थियो । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको आज भएको नेपाल भ्रमणका अवसरमा शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका तिब्वती शरणार्थी र अन्य केहीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठका अनुसार त्यस्तो गतिविधिमा संलग्न ३३९ जनालाई नियन्त्रणमा लिइएको थियो ।

प्रधानमन्त्री जियाबाओको भ्रमणका क्रममा कुनै अपि्रय घटना हुन नदिन तथा शान्ति सुरक्षालाई व्यवस्थित गर्न राजधानीका विभिन्न स्थानमा नेपाल प्रहरीका तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसैगरी सशस्त्र प्रहरी वलले ४४८ जना सुरक्षाकर्मीलाई प्रधानमन्त्री जियाबाओको भ्रमण मार्ग वरपर तैनाथ गरिएको बलका प्रवक्ता शैलेन्द्र खनालले बताए ।
विगतमा जस्तै विदेशी सरकार प्रमुख एवम् राष्ट्रप्रमुखको भ्रमणका अवसरमा नेपाली सेनालाई सरकारले जुन जिम्मेवारी दिँदै आएको थियो त्यो जिम्मेवारी प्रधानमन्त्री जियाबाओको भ्रमणका क्रममा पनि जारी राखेको नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिए ।

आकस्मिकरुपमा भ्रमण तय भएकाले सडकमा राखिएका डिभाइडर र खाल्डाखुल्डी पुर्न पनि सुरक्षाकर्मीलाई भ्याइनभ्याइ भएको थियो । प्रधानमन्त्री जियाबाओ चढ्नुभएको बा१झ ५४५६ नम्बरको सवारी साधनको अगाडिपछाडि १६ वटा ट्राफिकका मोटरसाइकल परिचालन गरिएको थियो भने अन्य सुरक्षाकर्मीलगायतका २३ वटा गाडीको व्यवस्था गरिएको थियो ।
चिनियाँ प्रधानमन्त्री वेन जिआबाओ करिब पाँच घन्टा लामो औपचारिक भ्रमण पूरा गरी साउदी अरेवियाको रियादतर्फ प्रस्थान गरे । विमानस्थलमा उनलाई बिदाई गर्न प्रधानमन्त्री भट्टराई पुगेका थिए ।


तस्विरहरु: दिनेश श्रेष्ठ
