मगर सक्रातिको अवसर पारेर नेपाल मगर सङ्घ धादिङले धादिङबेसीमा जिल्लास्तरीय खुल्ला लोकदोहोरी प्रतियोगितामा सम्पन्न गरेको छ । मगर सक्रातिको अघिल्लो दिन अर्थात पुस ३० गते आयोजित प्रतियोगितामा कमला थापा र कल्पना रानाको समूह विजय भएको हो ।
प्रतियोगितामा प्रकाश कार्की शङ्कर श्रेष्ठ र विनोद सापकोटा सहभागी साचारकर्मी समूह द्वितीय भएका छन् भने भरत बराकोटी र भीमसेन श्रेष्ठको समूह तृतीय स्थान हासिल गरेका छन् । जिल्लाका १४ समूहको सहभागिता रहेको प्रतियोगितामा नारायण शाहको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
दोहोरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः रु आठ हजार, रु छ हजार, रु चार हजार र रु दुई हजार नगद पुरस्कार प्राप्त गरेका छन् । माघ १ अर्थात मगर सक्रातिको अवसरमा मगरहरुले विभिन्न कार्यक्रम आयोजना गरेरका छन् ।
