भगवान गौतम बुद्धको जन्मस्थलमा लुम्विनी भ्रमण वर्ष २०१२ को विभिन्न कार्यक्रम भईरहदा मावली देवदह भने सुनसान छ । लुम्विनी भ्रमण वर्ष-२०१२ मा दश लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको लुम्विनी विकास कोषले भगवान गौतम बुद्ध संग सम्वन्धी ऐतिहासिक महत्वका पर्यटीय स्थललाई वेवास्ता गरीरहेको सरोकारवालाहरुको भनाई रहेको छ ।
लुम्विनी विकास कोषले भ्रमण वर्ष २०१२ को विभिन्न कार्यक्रममा गरिरहदा देवदह क्षेत्र भने बेखवर रहेको देवदह क्षेत्र विकास केन्द्रका अध्यक्ष नमराज पुरीले बताए । राज्य र राजनीतिक नेतृत्वले गौतम बुद्धको मावली देवदह क्षेत्रलाई विश्व सामु चिनाउन कुनै पहल नगर्दा देवदह क्षेत्र ऒझेलमा परेको अध्यक्ष पुरीको भनाई रहेको छ । त्यसैगरी देवदह क्षेत्र परिचय तथा विकास समितिका अध्यक्ष निलकण्ड पौडेल भने लुम्विनी विकास कोष र राज्यले ऐतिहासिक स्थल देवदह क्षेत्रलाई वेवास्ता गर्दै गएको उल्लेख गरे ।
लुम्निवी भ्रमण वर्ष २०१२ को उद्घाटन कार्यक्रममा आफूहरुलाई कुनै औपचारिक जानकारी र खवर नआएको देवदह गाविसका सचिव बब्रु बहान सापकोटा तथा केरवानी गाविसका सचिव हरिप्रसाद कापुलेले बताए । भगवान गौतम बुद्धको मावली स्थल र भगवान गौतम बुद्धलाई जन्माउने आमा माया देवीको जन्म स्थल देवदहलाई राज्यले सम्मान रुपले अगाडि लैजान कुनै कदम अगाडि नसारेको एकिकृत माओवादीका देवदह ईन्चार्ज कृष्ण ढकालले बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल भने लुम्विनीमा हुने महत्वपूर्ण कार्यक्रममा समेत लुम्विनी विकास कोषले देवदहलाई खवर नगरी कन्चुस्याई गरेको बताए । नेकपा एमाले देवदहका अध्यक्ष ऋषिराम सापकोटा उठेरबोले हावाले उडाउने र बसेर बोले कसैले नसुन्ने भएको कारण देवदह क्षेत्र ओझेलमा परेको जानकारी दिए । देवदहलाई नचिनाई लुम्विनी भ्रमण वर्ष पुरा हुन नसक्ने अध्यक्ष सापकोटाको भनाई रहेको छ । देवदह डेपलोमेन्ट सोसाइटीका अध्यक्ष भिमप्रसाद गुरुङ्ग भने देवदह क्षेत्रमा कि्रयाशिल रहेका विभिन्न संघसंस्थाहरु एक जुट नहुनु लुम्विनी विकास कोषले देवदहलाई ओझेलमा पार्नु खोज्नु राज्यले देवदह क्षेत्रको एकिकृत विकासको लागि कुनै ठोस योजना ल्याउन नसक्नाले लम्विनीमा वृहत कार्यक्रम हुदा समेत देवदह क्षेत्र सुनसान बन्न गएको बताए ।
गोविन्द घर्ति, रुपन्देही
