रुपन्देहीमा राष्टि्य युवा मोर्चाको सम्मेलन शुरु (पाँच तस्विर)

Read Time:3 Minute, 42 Second

राष्टिय जनमुक्ति पार्टीका स्थायी समिति सदस्य तथा प्रचार प्रसार प्रमुख टोप अस्लामीले मुलुकको विकास र समुद्धिको प्रमुख वाधक नेपालमा व्याप्त भ्रष्टचार भएको बताएका छन् । युवा मोर्चा रुपन्देहीको तेश्रो जिल्ला परिषद् सम्मेलनको उदघाटन सभालाई पुस २२ गते सम्वाेधन गर्दै नेता अस्लामीले उक्त कुरा बताएका हुन ।

भैरहवामा आयोजितसभामा बोल्दै नेता अस्लामीले भ्रष्टचारीलाई देशद्रोही सरह कार्वाही गर्नु पर्नेमा जोड दिए । एक अर्को प्रसंगमा नेता अस्लामीले नेपालको सामाजिक परिवेशलाई मध्यनजर गर्दै नेपालमा बहुजातिय प्रजातान्त्रिक समाजवादको पक्षमा राष्टि्रय जनमुक्ति पार्टीले दुई दशक देखि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे । कार्यक्रममा नेता अस्लामीले भ्रष्टचार मुक्त नेपाल बनाउने हो भने सम्पूर्ण यवाहरु राष्टि्रय युवा मोर्चाको झण्डा  मुनी गोलवन्द हुन जरुरी रहेको बताए  ।

तस्विर:- गोविन्द घर्ति

एकाधिकार कायम हुने संविधान राष्टि्रय जनमुक्ति पार्टीलाई मान्य नहुने नेता अस्लामीले बताए  ।  सरकार सम्पुर्ण रुपमा असफल भएको अव साना दलहरुको सहभागिता हुने गरी सरकार गठन गरी शान्ति र संविधान निर्माण गर्नु पर्नेमा उनको जोड थियो ।

तेश्रो जिल्ला परिषद् सम्मेलनका संयोजक विष्णु दगामीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय परिषद् सदस्य अशोक  पुन, दल बहादुर विरकट्टा, होमाया गुरुङ्घ, राष्टि्रय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्घ, स्वतन्त्र विद्यार्थी मोर्चाका महासचिव फणेन्द्र घेले, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्घ, भूतपुर्व सैनिक संगठन रुपन्देहीका अध्यक्ष भिमबहादुर राना मगर, हाङ् परिषद रुपन्देहीका अध्यक्ष छत्रबहादुर दर्लामी लगायतले बोल्दै शान्ति र संविधान निर्माणमा भन्दा नेताहरु दलीय स्वार्थमा लागेको आरोप लगाए ।

मोर्चाका सदस्य दलबहादुर थापाको संचालन र सहकोषाध्यक्ष शंकर गाहाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कोणसभा भन्दा अगाडि पार्टी कार्यालय देखि र् याली शुरु भई देवकोटा चोक जिल्ला प्रहरी कार्यालय हुदै बुद्ध चोकमा आएर सभामा परिणत भएको थियो । वन्द सत्र शनिवार कोटिहवाको माङ्घी बौद्ध गुम्वामा हुने आयोजक ले जनाएको छ । वन्द सत्रमा रुपन्देहीका विभिन्न गाविसका २०० प्रतिनिधि र पर्यवेक्षको सहभागिता रहने जनाएको छ ।


गोविन्द घर्ति, रुपन्देही


तस्विर:- गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %