नेपाल मगर संघले काठमाडौं सहिदगेटमा प्रमथ सहिद लखन थापा मगरको सालिक राख्न पहल गर्ने भएको छ । पुस २० गते कलंकीस्थित केन्द्रिय कार्यालयमा बसेको वैठकले राजा त्रिभुवनको सालिक हटाएको ठाउँमा प्रथम सहिदको सालिक राख्न सरकारसँग माग गर्ने भएको हो ।
संघका महासचिव नविन रोका मगरले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार सरकारसँग प्रथम सहिदको सालिक राख्न माग गरिने कार्यक्रमतय भएको हो । आगामी फागनु २ गते भित्र पनि सालिक नराखिए आफूहरुले सशक्त आन्दोलन गरिने रोका मगरले जानकारी दिए । यसअघि रुपन्देहीको बुटवल र पोखराको कास्कीमा मगरहरुले नेपालका प्रथम सहिदको सालिक ठड्याईसकेका छन् । उनका अनुसार लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न दवाव मुलुक कार्यक्रम गरिने भएको छ ।
यसैवीच संघले माघ र फागुन महिनाभरी शान्ति र संविधानका लागि देशव्यापी जागरण मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । मगरको विषयमा अध्ययन अनुसन्धान गर्न चाहने संघसंस्था वा व्यक्तिले संघको औपचारिक अनुमति लिनुपर्ने निर्णय भएको महासचिव रोका मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।
माघ १ गते मगर सक्रातिको अवसरमा विभिन्न कार्यक्रम बनाउने निर्णय गरेको छ । काठमाडौंमा केन्द्रिय समिति र हरेक जिल्लामा जिल्ला समितिले मगर सक्रातिको अवसरमा कार्यक्रम गर्ने निर्णय भएको मगरले उल्लेख गरे ।
सहिदगेटमा प्रथम सहिद लखन थापा मगरको सालिक राख्न मगर संघले पहल गर्ने
Read Time:2 Minute, 0 Second
